१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण शुरू



अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को संयोजनमा सोलुखुम्बु जिल्लाको गर्मामा मंगलवारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण शुरू गरिएको छ ।

महिला सशक्तिकरण तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै शुरु गरिएको १५ दिने आवासीय तालिममा देशका विभिन्न भागबाट छनोट भएका २८ महिलाको सहभागिता छ ।

बोर्डको सहकार्यमा नेपाल माउण्टेन एकेडेमीले सञ्चालन गर्दै आएको यस तालिमले सहभागीहरूलाई पदमार्गको प्राविधिक ज्ञान, सुरक्षा व्यवस्थापन, प्राथमिक उपचार, हिमाली क्षेत्रको आचरण तथा पेशागत सेवाको गुणस्तरीय अभ्यास सम्बन्धी सीप प्रदान गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोहमा उपस्थित सोलुखुम्बु जिल्ला समन्वय अधिकारी चन्द्रसिंह श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिकाका प्रशासन प्रमुख तुक्ति शेर्पा, वडा नम्बर–७ का वडाध्यक्ष सोनाम शेर्पा, वडा सदस्य बलकाजी कार्की तथा नम्बर व्यावसायिक तालिम केन्द्रका प्रिन्सिपल लाक्पा रिन्जी शेर्पाले महिलाको पर्यटन क्षेत्रप्रति बढ्दो आकर्षणले नेपालको हिमाली पर्यटनलाई अझ सुरक्षित, विश्वसनीय र समावेशी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।