४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

भोलिदेखि बञ्चरेडाँडाका स्थानीयले काठमाडौँको फोहोर रोक्ने, कुलमानले प्रतिबद्धता बिर्सेको आरोप

भोलिदेखि बञ्चरेडाँडाका स्थानीयले काठमाडौँको फोहोर रोक्ने, कुलमानले प्रतिबद्धता बिर्सेको आरोप
फाईल फोटो
अ+ अ-

काठमाडौँ । बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटका प्रभावित स्थानीयले फोहोर विसर्जन पुन: रोक्ने भएका छन् । सहरी विकास मन्त्री कुलमान घिसिङको प्रतिबद्धता जनाएपनि माग पूरा नगरेको भन्दै उनीहरुले बुधवारदेखि फोहोर विसर्जनमा पूर्ण रूपमा रोक लगाउने घोषणा गरेका हुन् ।

मंगलबार बञ्चरेडाँडा र सिसडोलको बीचमा पर्ने धारेमा पत्रकार सम्मेलन गर्दै स्थानीयहरुले यस पटकको आन्दोलन वार कि वार हुने बताएका छन् । मन्त्री घिसिङले केवल आश्वासन दिएको र वास्तविक समस्या समाधानमा कुनै चासो नदिएको उनीहरुको भनाई छ । गत कात्तिक १६ गते मन्त्री घिसिङ सहितको टोलीले बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए । सो छलफलमा मन्त्री घिसिङले स्थानीयका मागहरू १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयहरुले फोहोर फाल्नको लागि अवरोध हटाएका थिए ।

तोकिएको समयसिमा सकिएपनि मन्त्री र महानगरपालिकाबाट कुनै ठोस काम नभएको भन्दै उनीहरुले पुनः बुधबारबाट फोहोर विसर्जनमा रोक लगाउने निर्णय गरेका हुन् ।

फोहोरमैला व्यवस्थापनको लागि दीर्घकालीन समाधानको लागि संघर्ष गर्दै आएका स्थानीयहरुले आफ्ना माग पूरा नभएको भन्दै लामो समयदेखि पटकपटक आन्दोलित हुँदै आएका छन् ।