२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याटिङ र बलिङ दुवै युनिट राम्रो भएनः सोमपाल



अ+ अ-

काठमाडौँ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले ब्याटिङ र बलिङ दुवै युनिटमा राम्रो गर्न नसक्दा चितवन राइनोजसँग हार व्यहोरेको बताएका छन् ।

एनपिएलको पहिलो खेलमा चितवनसँग हार व्यहोरेपछि कर्णालीका कप्तान सोमपालले ब्याटिङ  बलिङ दुवैमा राम्रो गर्न नसकिएको बताएका हुन् ।

ओपनर प्रियान्क पन्चलले राम्रो गरिरहँदा अन्य ब्याटरले साथ दिन नसक्नुले पनि इनिङमा रन कम भएको उनले उल्लेख गरेका छन् । त्यसैले पनि २० रन जति कम परेको कप्तान सोमपालको भनाइ छ । उनले चितवनले पनि धेरै राम्रो ब्याटिङ गरेको बताए । विदेशी खेलाडीलाई नयाँ पिचमा खेल्न गाह्रो हुने र आफ्ना केही खेलाडीका लागि पनि असहज भएको उनको बुझाइ छ ।

उनले अभैm खेल बाँकी रहेको र कमब्याक गर्ने आशा व्यक्त गरेका छन् । सबैलाई आफ्नो भूमिका दिइएको र त्यसप्रति खेलाडी पनि तयार नै रहेको उनले उल्लेख गरे । नन्दन यादवले सैब जैबको क्याच छाड्नुलाई उनले खेलको कुनै एक पक्ष रहेको र हारमा उनलाई दोष दिन नमिल्ने उनले बताएका छन् ।

चितवन राइनोजका प्रशिक्षक कलाम अलीले सुरुआत नराम्रो भए पनि योजनाअनुरूप ब्याटिङ भएपछि जित निस्किएको बताए । मिडल ओभरमा राम्रो साझेदारी आवश्यक हुँदा आफ्ना खेलाडीले राम्रो खेलेको उनको भनाइ छ । रबि बोपारा र सैब जैबले पनि राम्रो ब्याटिङ गरेको भन्दै उनले प्रंशसा गरेका छन् । पिच स्पिनरका लागि फेबर हुने खालको नभएकाले कुशल मल्लले धेरै रन व्यहोर्नु परेको उनी बताउँछन् । विदेशी र घरेलु खेलाडी राम्रो भएकाले राम्रो नतिजा आउने उनको विश्वास छ । पिच बलिङका लागि भन्दा ब्याटिङमा मद्दत पुग्ने खालको रहेको उनले उल्लेख गरे ।