१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिव १६ अंकले बढ्यो नेप्से



अ+ अ-

काठमाडौं । मंगलवार पनि शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयमा बजार बन्द हुँदा १५.७० अंकले बढेको छ । नेप्से ०.६१ प्रतिशतले बढेर परिसूचक २५६६ बिन्दुमा पुगेको छ ।

दोस्रो दिन पनि नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज दिनभरमा ४ अर्ब १० करोड ५४ लाख रुपैयाँ बराबरको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा २०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३४५ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार २ सय ७७ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।

आज लगानीकर्ताको रोजाइमा होटल तथा पर्यटन समूह परेको छ । उक्त समूह १.२८ प्रतिशतले बढेको छ ।