१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्की आयोगले मेयर वालेनलाई पनि बयानका लागि बोलाउने, अनुमति मागे ओलीलाई उपत्यका बाहिर जान नरोक्ने



अ+ अ-

काठमाडौं । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री केपी ओली र काठमाडौं महानगरपालिका प्रमुख बालेन साहलाई बयानका लागि बोलाउने जानकारी गराउनु भएको छ ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै अध्यक्ष कार्कीले बयानका लागि बयानका लागि पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक, काठमाडौ महानगर प्रमुख साह ,तत्कालीन प्रहरी प्रमुख कुबेरचन्द्र खापुङ, हालका आईजीपी दानबहादुर कार्कीलगायतलाई बोलाइने बताउनु भयो ।

उहाँले भन्नुभयो “पूर्वप्रधानमन्त्री , मुलुकको ठुलो दलको अध्यक्ष, फेरी प्रधानमन्त्री हुने सम्भावना रहेको नेताले कानून मान्नु हुन्न भन्ने कल्पना गर्न सकिदैन आयोगमा बयानमा लागि आउनुहुन्छ ।”

मेयर साहले जेन–जी आन्दोलनलाई उत्तेजक बनाउनका लागि भूमिका खेलेको, आन्दोलनकारीहरुलाई पानी बाँड्न महानगरको टोली खटाएको, सामाजिक सञ्जालमार्फत हिंसा भड्काएको, सामाजिक सञ्जालमा सिंहदरबार जलाइदिने चेतावनी दिएको लगायतका आरोप लाग्दै आएको छ ।

अध्यक्ष कार्कीले प्रहरी प्रधान कार्यालयले एक महिनासम्म कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीको बिबरण नपठाएका कारण आयोगको काम कारबाही ढिलो भएको जानकारी गराउदै तत्कालीन महानिरिक्षकलाई कारबाहीको चेतावनी दिएपछि मात्र बिबरण आएको बताउनु भयो । उहाँले २३ गतेको घटना मात्र नभै २४ गते नेताहरुमाथी आक्रमण गर्ने घर जलाउने,तोडफोड , लुटपाट गर्नेहरुको भिडियो , फोटो संकलन भै सकेको जानकारी गराउदै ती सबैलाई कारबाहीका लागि सिफारिस गर्ने बताउनु भयो ।

उहाँले आयोगको प्रतिवेदन सरकारले कार्यान्वयन नगरेको र सार्वजनिक नभएको खण्डमा एक महिनापछि आफैंले सार्वजनिक गरिदिने बताउनु भयो । उहाँले भन्नुभयो ‘हामीले दिएको प्रतिवेदन कार्यान्वयनमा गएन, सार्वजनिक भएन भने एक महिनापछि हामीले त्यो प्रतिवेदन सार्वजनिक गर्दिन्छौं । के सुझाव दिइएको रहेछ अनि देखिन्छ । यो कार्यान्वयन गर्नैपर्छ । कार्यान्वयन गरेन भने त भोलि जनताले पनि भन्छन् नि त ।’

अध्यक्ष कार्कीले केपी ओलीको सुरक्षाका लागि नै सुरक्षा निकायले १० दिन भन्दा बढी नियन्त्रणमा लिएको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो उहाँलाई नथुनेको भए उहाँको सुरक्षाको अबस्था के हुन्थो होला ?

उहाँले आयोगले हाल सम्म ६ जनालाई स्थान हद तोकेको जानकारी गराउदै ओली उपत्यका बाहिर जान आबश्यक परे आयोग अनुमति दिने जानकारी गराउनु भयो । उहाँले भन्नुभयो उहाँले आयोगलार्य सुचना दिएर बाहिर जान सक्नु हुन्छ । त्यस्तो अबस्थमा सुरक्षा व्यवस्था पनि मिलाउनु पर्ने हुन्छ , त्यो कुरा हामी सरलाई पनि जानकारी गराउछौं ।