३० कार्तिक २०८१, शुक्रबार
,
Latest
सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासकै शक्तिशाली सरकारले जनताको आकांक्षा कुल्चियो : अध्यक्ष जवरा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवराले इतिहासकै शक्तिशाली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकता घोषणासभामा बोल्दै अध्यक्ष राणाले बहुदलिय कालमा जनताले भारी बहुमत दिएपनि अपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको सरकार बहुदलिय परिपाटीको इतिहासमा सबैभन्दा शक्तिशाली सरकार छ । नेपाली जनताले सरकारलाई भारी बहुमत दिए । त्यो सरह अरु कसैले बहुमत बहुदलिय कालमा प्राप्त गरेको थिएन् । त्यो बहुमत प्राप्त सरकारले ठूलो काम गर्छ । विकासको क्षेत्रमा कायापलट गर्छ भन्ने नेपाली जनताको आश र भरोसा थियो । तर त्यसको प्रतिकुल सरकारले २ वर्षको अवधिमा जनताको आकांक्षा एकपछि अर्को गर्दै कुल्चियो ।’ सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने नारा दिएपनि अहिलेको सरकार भष्टाचारले डुङडुङ गन्हाएको उहाँले बताउनुभयो ।

अध्यक्ष राणाले न्यायालयलाई पार्टीको भर्तिकेन्द्र बनाएर जनतालाई कानूनी शासन पाउनु भनेको ‘कागले बेल पाकेको हेर्या जस्तै भयो’, भन्दै टिप्पणी गर्नुभयो । उहाँले पार्टी एक भएर अगाडी बढ्नुपर्छ भन्ने जनताको माग बढेर आएकाले एकता सम्भव भएको समेत बताउनुभयो । पार्टी एकता गरेर लामो यात्राको सुरुवात भएको उल्लेख गर्दै उहाँले अहिलेका पार्टीहरुले गर्न नसकेका काम राप्रपाले गर्ने बताउनुभयो ।