३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी नेपालको हितमा छ, भ्रमको पछि नलागौँ : नेकां नेता आचार्य



अ+ अ-

रसुवा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले एमसीसी परियोजना नेपालको हितमा रहेको भन्दै यसका विरुद्धमा छारिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 

रसुवाको दक्षिणी भेग पारच्याङमा नेपाली कांग्रेसको बागमती प्रदेश ९क० द्वारा आयोजित भेलामा उहाँले भन्नुभयो, “देशमा विद्युत्, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको कुनै छैन, यस्ता भ्रमको पछि नलागौँ ।”

नेकां नेता आचार्यले अब यो परियोजनाको कार्यान्वयनको पक्षलाई सबैको सहमति र सहकार्यबाट अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो । मुलुकमा विद्युत् तथा सडक निर्माण जस्ता कार्यमा यो परियोजनाले सहयोग पु¥याउने भएकाले यसकाविरुद्धका प्रचार तथा नकारात्मक टीका टिप्पणीको पछि नलाग्न आग्रह गर्नुभयो । 

रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद आचार्यले आफू समुन्नत रसुवा निर्माणका लागि अहोरात्र खट्ने प्रण पनि गर्नुभयो । सोही कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी र जसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने विभिन्न स्थानीय नेता तथा कार्यकर्तालाई आचार्यले स्वागत गर्नुभएको थियो । 

सो कार्यक्रममा नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ र सचिव लक्ष्मणप्रसाद देवकोटा, प्रदेशसभा क्षेत्र ९क० का सभापति श्यामकुमार गुरूङ, बागमती प्रदेशसभाका सभासदद्वय प्रभात लामा र प्रेम तामाङ, नेका बागमती प्रदेश कार्यसम्पादन समितिका सदस्य लामाकार्पु तामाङ, उपेन्द्र लम्साल, शेषकुमारी अधिकारीलगायतका वक्ताले भूकम्प र त्यसपछिका समयमा जिल्लामा सांसद आचार्यले गर्नुभएको सहयोगको सराहना गर्नुभएको थियो । रासस