५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाको ८० प्रतिशत घरमा धारा जडान



अ+ अ-

जुम्ला। करिब ८० प्रतिशत घरधुरीमा धारा जडान गर्न जिल्लाको हिमा गाउँपालिका सफल भएको छ । ‘एक घर एक धारा’ नीतिका साथ कार्यान्वयनमा गएको सो पालिकाले क्रमशः सबै घरमा धारा जोड्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गत आर्थिक वर्ष २०८१÷८२ को प्रगति विवरण सार्वजनिक गर्ने क्रममा आज यहाँ आयोजित कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले ८० प्रतिशत घरधुरीमा धारा जडान गरिएको र बाँकीमा पनि गरिने जानकारी दिनुभयो । पालिकामा सञ्चालित विभिन्न योजनाबाट ‘एक घर एक धारा’ विस्तार गरिएको हो ।

करिब दुई हजार ३०२ घरधुरीमा ‘एक घर एक धारा’ को पहुँच पुगेको छ । शुद्ध खानेपानीको पूर्वाधार निर्माणका लागि गाउँपालिकाको सहकार्यमा ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता ९सुस्वा० आयोजना’ मार्फत खानेपानी विस्तार गरिएको अध्यक्ष लक्ष्मीबहादुर शाहीले जानकारी दिनुभयो ।

गतवर्ष सञ्चालन गरिएको गाउँमै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट करिब ९७१ जनाले सेवा लिएको पालिकाले जनाएको छ । यसैगरी सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्न थालिएको छ । ‘छोरीको सुरक्षा जीवनभरि’ को कार्यक्रमअन्तर्गत ५६ जनाको बैंक खाता खोलिएको पनि गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बुढाका अनुसार बैंक सेवामार्फत ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता वितरण गर्ने नीतिअनुसार ४८८ जनाले सेवा लिएका छन् ।

गाउँपालिकाले गत आर्थिक वर्षमा करिब रु २६ लाख ४३ हजार आन्तरिक राजस्व सङ्कलन गरेको र विभिन्न शीर्षकका १०९ वटा योजना सम्पन्न गरेको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।