२२ श्रावण २०८३, शुक्रबार
,
Latest
केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै सुनचाँदीको मूल्यमा सामान्य वृद्धि सडक विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, समयमै काम नसकिँदा राज्यलाई आर्थिक भारः महानिर्देशक जैसी सडक विस्तारका लागि पोल सार्ने कार्य ८० प्रतिशत सम्पन्न, अवरोध हटाउन प्राधिकरण सक्रिय पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य सचेतक थापाको असन्तुष्टि, अधिकार प्रत्यायोजन गर्न माग चीन र दक्षिण एसियाबीच सहकार्य विस्तारमा नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्छ : परराष्ट्रमन्त्री… सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग सर्वोच्चमा पुनरावलोकन भए पनि कांग्रेसको रूपान्तरण अभियान राेकिदैँन: महामन्त्री घिमिरे भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै



अ+ अ-

काठमाडौँ । निर्वाचनमा आयोगमा एक सय २२ वटा दल दर्ता भएका छन् ।

आयोगले आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन एक सय २२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् । उहाँकाअनुसार  यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् ।

खारेज भएकाहरुमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरु नेतृत्वको आग्रहमा खारेज उहाँको भनाइ छ । उहाँले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताउनु भयो । भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो ।  भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भएपनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताउनु भयो । उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागि हुने प्रयोजनको अवधीभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरुले निर्वाचनमा सहभागि हुन पाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामीले मुख्य दुई वटा कामहरु गरिरहेका छौं । एउटा दल दर्ता र अर्को मतदाता नामावलीमा नाम दर्ता गर्ने काम समेत भइरहेको छ । निर्वाचन घोषणा हुने मितिमा जम्मा १२२ वटा दल दर्ता भएको अवस्था थियो । यो बीचमा राजनीतिक दल दर्ता हुने क्रम पनि बढिरहेको छ । र खारेज हुने क्रम पनि बढिरहेको छ । त्यसकारण आजको मितिमा पनि आयोगमा कायम भएका दलहरुको संख्या १२२ नै रहेको छ । यो बीचमा ७ वटा राजनीतिक दलहरु खारेज भए । र त्यत्ति नै संख्यामा राजनीतिक दलहरु थपिए । अहिले २८ वटा दलहरु दर्ता प्रक्रियामा रहेको हुनाले दल दर्ताको लागि कागजात प्राप्त भएको तर दल दर्ताको प्रमाण पत्र नपाईसकेको कारण उहाँहरु दर्ता प्रक्रियामै रहनुभएको छ । दल दर्ताको प्रक्रियामा रहेका विषयमा कानूनबमोजिम कागजात माग्ने र सनाखत गराउने केन्द्रीय समितिको हकमा आयोगको सचिवालयमा र अन्य सदस्यहरुको लागि सम्बन्धीत जिल्ला निर्वाचन आयोगको कार्यालयहरुबाट सनाखत गराउने काम भइरहेको हुनाले यो सबै प्रक्रिया सम्पन्न भइसकेपछि आयोगले कानूनअनुसार निर्णय गर्नेछ ।’

उहाँले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेको समेत बताउनु भयो । उहाँकाअनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी ५ मंसिरसम्म जारी रहने समेत बताउनु भयो ।

शनिवार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या २ लाख रहेको समेत प्रवक्ता भट्टराईले बताउनु भयो ।




भर्खरै