३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

२१ औँ राष्ट्रिय कफी दिवसः मागअनुसार उत्पादन नहुँदा कफीको आयातमा वृद्धि, २३० मे.टन कफी आयात

२१ औँ राष्ट्रिय कफी दिवसः मागअनुसार उत्पादन नहुँदा कफीको आयातमा वृद्धि, २३० मे.टन कफी आयात
अ+ अ-

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ नारासहित २१ औँ राष्ट्रिय कफी दिवस मनाउन लागेको छ ।

बोर्डले कफीसँग सम्बद्ध किसान, स्टेट, उद्योग तथा उपभोक्ताहरूको सहभागितामा सोमवार मूल समारोह कीर्तिपुरस्थित समशितोष्ण वागवानी केन्द्रमा आयोजना गर्न लागेको हो ।

नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेपनि उत्पादन हुन नसक्दा नेपाली बजारमा नै कफी आयात बढ्दो क्रममा रहेको छ । शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धि भएको हो । बोर्डका  अनुसार नेपालको कफी उत्पादन गुणस्तरका आधारमा अन्तर्राष्ट्रिय बजारमा नेपाल कफीको उच्च माग छ । तर उत्पादन वृद्धि नहुँदा नेपालमा नै आयात लगातार बढिरहेको बोर्डद्दारा जारी विज्ञेप्तीमा उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६ सय ४२ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन गरेपनि १४ करोड ४१ लाख रुपैयाँ बराबरको २३० मे.टन कफी आयात गर्नुपरेको बोर्डले जनाएको छ । सोही अवधिमा ११ करोड ४३ लाख रुपैयाँ बराबरको मात्र ६४ मे.टन कफी निर्यात भएको बोर्डले जनाएको छ ।

बोर्डकाअनुसार नेपालमा कफी उत्पादन २०७०/७१ को ४२९ मे.टनबाट २०८१/८२ मा ६४१ दशमलब ९ मे.टन पुगेको छ । तर त्यही अवधिमा कफी आयात झनै तिब्र रूपमा बढेको देखिन्छ । २०८१/८२ मा कफी आयात २३४ मे.टन रहँदा आयात मूल्य १४४ करोड नाघेको छ । निर्यात भने अघिल्लो वर्षको तुलनामा घट्दै ६३ हजार ९९८ किलोमा झरेको छ । अघिल्लो वर्षमा ८८ हजार ८५६ किलो कफि निर्यात भएको थियो ।

बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेकाअनुसार आन्तरिक माग तिब्र रूपमा बढिरहेका बेला किसान संरक्षण र क्षेत्र विस्तारमा तीनै तहका सरकारबीच समन्वय आवश्यक छ । नेपाली कफीले अन्तराष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । देशभित्रै पनि कफीको माग बढ्दै गइरहेकाले आन्तरिक माग पुर्तीका लागि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्न जरुरी रहेको बोर्डका कार्यकारी निर्देशक पाण्डेले बताउनुभयो । आयातित कफीको नियमनमा पनि ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

बोर्डले कफी उत्पादन वृद्धिको लागी सम्भावित प्रदेशमा चक्लाबन्दीमार्फत कफी क्षेत्र विस्तार, डेमोन्स्ट्रेसन प्लट स्थापना, व्यवसायिक नर्सरी तथा अनुसन्धान प्रवद्र्धनका कार्यक्रम अघि बढाइरहेको जनाएको छ । युवालाई आकर्षित गर्दै कफी स्टेट विकास तथा व्यवसायिक उत्पादन विस्तारलाई प्राथमिकता दिन बोर्डले आगामी वर्षहरूमा युवा लक्षित स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने बताएको छ । ७५ औँ बोर्ड बैठकले कफी मूल्य शृङ्खलाका सबै तहको भुमिका स्पष्ट हुने गरी ऐन तथा नीतिको संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

कफीको न्युनतम मूल्य यथावत

बोर्डले २०८२ मंसिर १ देखि लागू हुनेगरी कच्चा कफीको न्यूनतम मूल्य गत वर्षकै दर कायम गर्दै यथावत राखेको छ । बोर्डका अनुसार फ्रेस चेरी कफी ग्रेड ए को मूल्यप्रति केजी १०५ रुपैया र  ग्रेड बी को ९५ रुपैयाँ तोकिएको छ । पार्चमेन्ट कफीको भने ग्रेड ए को प्रतिकेजी ५३५ रुपैयाँ र ग्रेड बी को प्रतिकेजी ४८२ रुपैयाँ ताकिएको छ । ड्राइ चेरी कफीको ग्रेड ए को प्रतिकेजी २८० र ग्रेड बी को प्रतिकेजी २४७ रुपैयाँ तोकिएको बोर्डले जनाएको छ ।