३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बालबालिकामा कुपोषण दर उच्च

बालबालिकामा कुपोषण दर उच्च
अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।

उमेरअनुसार शिशुको तौल ११ किलो हुनुपथ्र्यो । तर उनको तौल उमेरअनुसार नभएपछि स्वास्थ्यकर्मीले महाकाली प्रादेशिक अस्पतालको पोषण पुन:स्थापना कक्षमा भर्ना हुन लगाउनुभयो । अस्पताल पुगेपछि पूजाले शिशुलाई कुपोषण भएको थाहा पाउनुभयो ।

अहिले उहाँ दुई साताअघिदेखि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको पोषण पुन:स्थापना गृहमा छोराको उपचार गराइरहनुभएको छ । “यहाँ भर्ना भएको १० दिन भएको छ, १० दिनमा मेरो शिशुको सात सय ग्राम तौल बढेको छ”, पूजाले भन्नुभयो, “घरमा र यहाँ खाना खुवाउने तरिका धेरै फरक पाएँ ।” उहाँले पुन:स्थापना गृहमा दिनमा चारपटक पोषणयुक्त खाना खुवाइने गरेको बताउनुभयो ।

भीमदत्त नगरपालिका बागबाणीकी गीता सेवाको समस्या पनि उस्तै छ । अस्पतालमा खोप लगाउन आएका बेला शिशुको तौल जाँच गराउँदा उमेरअनुसार तौल नपुगेपछि उहाँ पनि अस्पतालको पोषण पुन:स्थापना गृहमा भर्ना भएको बताउनुभयो । “घरमा हामीले खानेकुरा एक दुईपटक शिशुलाई खुवाउँथ्यौँ”, उहाँले भन्नुभयो, “यहाँ दैनिक चारपटक फरकफरक पोषणयुक्त खानेकुरा आमा र शिशु दुवैलाई खुवाउनुहुन्छ ।”

भीमदत्त नगरपालिका–३ की विस्ना बोहरा पनि एक वर्षीया शिशुलाई पोषण पुन:स्थापना गृहमा भर्ना गराउनुभएको छ । पछिल्लो समय शहरी क्षेत्रकै बालबालिकामा कुपोषण देखिन थालेको छ । ग्रामीण क्षेत्रका बालबालिकामा पनि कुपोषणदर उच्च रहे पनि पोषण पुन:स्थापना गृहमा पुग्न नसकेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

महाकाली प्रादेशिक अस्पतालको पोषण पुन:स्थापना गृहमा चालु आर्थिक वर्षमा ३२ शिशु भर्ना भएका छन् । अस्पतालका अनुसार पुन:स्थापना गृहमा पाँच वर्षमुनिका आमा र बच्चाका लागि नि:शुल्क उपचार हुँदै आएको छ ।

विसं २०६३ मा सञ्चालनमा आएको पोषण पुन:स्थापना गृह १० शय्या (बेड) क्षमताको छ । पोषण पुन:स्थापना गृहका प्रमुख इन्द्रा भट्टले यहाँ भर्ना भएका बालबालिका निको भएर जाने दर बढेको बताउनुभयो ।

“तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ भर्ना हुने बालबालिकाको सङ्ख्या कम भएको देखिन्छ”, उहाँले भन्नुभयो, “अहिले सहरी क्षेत्रकै बालबालिका बढी आएको देखिन्छ, अहिले समुदायमै कडा कुपोषणका बालबालिका कम भएका हुन् कि समुदायमै छुटेका छन्ु यो खोज्नुपर्ने विषय बनेको छ ।”

विगतको तुलनामा समुदायस्तरमा जतचेतानाका कार्यक्रम कम भएपछि यहाँ भर्ना हुन आउनेको सङ्ख्या पनि कम भएको उहाँको भनाइ छ । महिला काममै व्यस्त हुने र बालबालिकालाई समयमा खानासमेत खुवाउन नसक्ने हुँदा कुपोषित हुने गरेको उहाँले बताउनुभयो । तर जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्ने हो भने जिल्लामा कडा कुपोषणका बालबालिका धेरै छन् ।

कार्यालयको तथ्याङ्कअनुसार आव २०७९/८० मा तीन सय ७५ बालिका र दुई सय ८१ बालकमा कडा कुपोषण देखिएको थियो भने चार सय ६५ बालिका र चार सय ४५ बालकमा मध्यम कुपोषण देखिएको थियो । आव २०८०/८१ मा छ महिनादेखि ५९ महिनासम्मका चार सय ४४ बालिका र तीन सय ९३ बालकमा कडा कुपोषण देखिएको थियो भने ८२ जना बालिका र ६१ बालकमा मध्यम कुपोषण देखिएको थियो ।

त्यसैगरी, ६ महिनाभन्दा कमका २४ बालबालिकामा कुपोषण देखिएको थियो । आव २०८१/८२ मा ६ महिनादेखि ५९ महिनासम्मका तीन सय ६३ बालिका र दुई सय ४६ बालकमा कडा कुपोषण देखिएको थियो । अठार बालिका र २६ बालकमा मध्यम खालको कुपोषण देखिएको थियो भने छ महिनाभन्दा कमका सात बालिका र २४ बालकमा पनि कुपोषण देखिएको थियो ।

चालु आवमा हालसम्म ६ देखि ५९ महिनाका ९५ बालिका र ९६ बालकमा कडा कुपोषण देखिएको छ । उनान्सठ्ठी बालिकामा र ३६ बालकमा मध्यम खालको कुपोषण देखिएको छ । त्यसैगरी छ महिनाभन्दा कमका नौ बालकमा कुपोषण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताउनुभयो ।

“यसको निदानका लागि राज्य गम्भीर भएर लागेको छ”, डा लेखकले भन्नुभयो, “तथ्याङ्कमा कुपोषण घट्दो क्रममा रहे पनि बाल मृत्युदर घटाउने चुनौती छ ।”

पछिल्लो समय रोजगारीलगायतका काममा व्यस्त हुँदा पूर्ण रूपमा स्तनपान गराउने आमाको सङ्ख्या पनि घट्दै गएकाले बालबालिकामा कडा कुपोषण देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पोषण हुने भएकाले छ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्छ । आमाको दूधमा विभिन्न सङ्क्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व पाइने भएकाले पूर्ण स्तनपान नहुँदा कुपोषणजस्ता समस्या देखिने गर्दछन् । रासस