१५ श्रावण २०८३, शुक्रबार
,
Latest
साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा



अ+ अ-

रुपन्देही। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद असलम खान पुनः जनता समाजवादी पार्टी, नेपालमा फर्किनुभएको छ ।

आज यहाँको भैरहवामा आयोजित जसपा नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा खानलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मालगायतले स्वागत गर्नुभयो ।

कार्यक्रममा समाजवादी युवा सङ्घका केन्द्रीय कोषाध्यक्ष अप्सरा नायकसहित दर्जन बढी युवा नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका पार्टीका केन्द्रीय सदस्य विद्याप्रसाद यादवले जानकारी दिनुभयो । रासस