२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह



अ+ अ-

काठमाडौँ। राष्ट्रिय युवा परिषद्ले सबै स्थानीय तहलाई ‘स्थानीय युवा परिषद्’ गठन गर्न आग्रह गरेको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले स्थानीय तहमा युवा परिचालन र युवा सरोकारका विषयमा काम गर्न र युवामैत्री शासनको प्रवद्र्धन गर्नका लागि स्थानीय युवा परिषद् गठन गर्न थालिएको बताउनुभयो । उहाँले स्थानीय तहमा नै युवा जनशक्तिलाई जागरुक बनाउनका लागि स्थानीय तहमा युवा परिषद् गठन गर्न थालिएको बताउनुभयो ।

उहाँका अनुसार ३६ वटा स्थानीय तहमा कार्यविधि बनाएर युवा परिषद् गठन गरिसकेका छन् । “सबै स्थानीय तहमा परिषद् गठन गर्नका लागि नमूना कार्यविधि बनाएर पठाएका छौँ । ती नमूनाका आधारमा कार्यविधि बनाएर स्थानीय तहमा परिषद् गठन हुनेछन्,” उहाँले भन्नुभयो, “चाँडै नै पालिका अग्रसर भएर परिषद् गठन हुनेछन् ।”

परिषद्ले स्थानीय तह युवा परिषद् गठनका लागि ‘स्थानीय युवा परिषद् गठन, परिचालन र युवामैत्री शासन सहजीकरण सामग्री २०८२’ (नमूना), ‘युवामैत्री शासन २०८२’ र ‘स्थानीय तह युवा क्लब गठनसम्बन्धी निर्देशिका २०८२’ (नमूना) बनाएर सबै स्थानीय तहमा पठाएको छ ।

यस्तै बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रदेश युवा परिषद् गठन गरिएको छ । सरकारले युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद् गठन गरेको हो । रासस