२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीबाट फर्केका ५६ प्रतिशत नेपाली बेरोजगार



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति काम खोज्नै प्रयास गर्दैनन्। पर्केकामध्ये १४.३ प्रतिशत व्यक्तिले काम खोजेर पनि पाउन नसकेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ मा उल्लेख छ। प्रतिवेदनअनुसार वैदेशिक रोजगारीबाट फर्केका ७५ प्रतिशत महिला बेरोजगार छन्। उता आर्जन गरेको पुँजी, सीप र प्राविधिक ज्ञानलाई उपयोग गरी स्वरोजगार बन्नेको संख्याभन्दा बेरोजगार हुनेको संख्या बढी छ।

४२.२ प्रतिशत मात्रै रोजगार तथा स्वरोजगारमा संलग्न भएको अध्ययनले देखाएको छ। प्रतिवेदनअनुसार कुनै पनि काममा संलग्न नहुने र बेरोजगार हुनेमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका बढी छन्। त्यसपछि गण्डकी प्रदेश र प्रदेश ५ का युवा बेरोजगार छन्। स्वदेश फर्किएका श्रमिकमध्ये ७५ प्रतिशतभन्दा बढी अनौपचारिक क्षेत्रमा संलग्न छन्। भारतबाट फर्किएकामध्ये ८६ प्रतिशत अनौपचारिक क्षेत्रमै संलग्न छन्। अन्य मुलुकबाट फर्किने श्रमिकमध्ये ३१ प्रतिशत अनौपचारिक क्षेत्रमा संलग्न हुने गरेको अध्ययनले देखाएको छ। वैदेशिक रोजगारीबाट फर्केका ठूलो संख्या बेरोजगार हुँदा स्वरोजगार बनाउन सरकारले कुनै भूमिका निर्वाह गर्न सकेको छैन।

विदेशबाट फर्केका युवालाई १० लाखसम्म बिनाधितो सहुलियत कर्जा दिने प्रावधान ल्याइए पनि १८ हजारभन्दा बढी इच्छुकमध्ये सय जनाले पनि ऋण पाउन सकेका छैनन्। श्रममन्त्री रामेश्वरराय यादवले श्रमबजारमा आउने पाँच लाख युवालाई नै स्वदेशमै व्यवस्थापन गर्ने गरी सरकार अघि बढेको बताए। प्रतिवेदनअनुसार भारतबाट फर्केका ५१ प्रतिशत, मलेसियाबाट ३४.३ प्रतिशत, खाडी मुलुकबाट ३९.६ प्रतिशत र अन्य मुलुकबाट ४५.९ प्रतिशत कुनै पनि काम गर्दैनन्। त्यस्तै भारतबाट फर्केका ११.९ प्रतिशत, मलेसियाबाट १४.९ प्रतिशत, खाडीबाट फर्केका १५.७ प्रतिशत र अन्य देशबाट फर्केका ११.२ प्रतिशतले काम खोजे पनि नपाएर बेरोजगार बस्न वाध्य छन्।

विदेशबाट फर्केका अधिकांशले रोजगारी पाउँदैनन्। आफैं लगानी गरेर स्वरोजगार बन्न चाहे पनि उपयुक्त वातावरण नबन्दा पुनः वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ। श्रम मन्त्रालयका सचिव विनोद केसीले कामदारको क्षमता बढाउन सके फर्केर आएर कोही पनि बेरोजगार बस्नु नपर्ने बताए। विदेशबाट फर्किनेमध्येमा ४३ प्रतिशत खाडीबाट फर्किन्छन्। भारत र मलेसियाबाट फर्किनेको संख्या २५/२५ प्रतिशत छ। अन्य मुलुकबाट सात प्रतिशत कामदार फर्किने गरेका छन्। करारपत्र सम्झौता अवधि सकेर २४.१ प्रतिशत मात्रै स्वदेश फर्किने गरेका छन्। १२ प्रतिशतले अझ राम्रो अवसरका लागि स्वदेश फर्किन्छन्।

त्यसबाहेक प्रतिकूल स्वास्थ्य अवस्था, अवाञ्चित कार्य वातावारण, चोटपटक तथा शारीरिक अशक्तताका कारण पनि स्वदेश फर्किने गरेका छन्। विदेशमा सिकेको सीप स्वदेशमा प्रयोग गर्नेको संख्या आधाभन्दा बढी छ। यस्तै रोजगारीमा संलग्नमध्ये आधाभन्दा बढीले विदेशमा सिकेको सीप प्रयोग गर्ने गरेका छन्। विदेशमा कार्यरत ४५.६ प्रतिशत आधारभूत पेसामा संलग्नमध्ये स्वदेश फर्केर २३.६ प्रतिशत सोही पेसामा काम गरेका छन्। विदेशबाट फर्केकामध्ये सबैभन्दा केरै कृषि तथा कृषिजन्य पेसामा संलग्न छन्।

मेसिनरी सञ्चालक, हस्तकला सम्बन्धी व्यवसाय, कृषि व्यावसायीकरण, सेवा र बिक्री क्षेत्र, प्राविधिक क्षेत्र लगायतमा संलग्न हुनेको संख्या विदेशको तुलनामा बढी रहेको पाइएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले देशमा उद्यमशीलता बढाउन स्वरोजगार प्राधिकरण बनाउनु आवश्यक रहेको बताए। ‘उद्यमशीलताका कार्यक्रम छरिएका छन्’, उनले भने, ‘बैंकहरुले प्रदान गर्ने सहुलियत कर्जासहित मन्त्रालयमा छरिएर रहेका उद्यमशीलता कार्यक्रम समेटेर प्राधिकरण बनाउनुपर्छ।’ अन्नपुर्णपोष्ट दैनिक




भर्खरै