२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना प्रभाव: शान्ति मिसनमा तत्काल नेपाली सेनालाई नपठाउन संयुक्त राष्ट्रसंघको पत्र



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ। राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान (अनमिस) उड्ने तयारीमा रहेका ६ सय ९९ जना सैनिक अधिकारीको यात्रा रोकिएको छ। उनीहरू यसै महिना जाने तयारीमा थिए। राष्ट्रसंघीय मुख्यालयले नेपाली सेनालाई पत्र लेखी अर्को निर्णय नहुन्जेल दक्षिणी सुडान उड्ने तयारीमा रहेका सैनिक अधिकारीलाई नपठाउन भनेको हो। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोना भाइरसको कारण देखाउँदै राष्ट्रसंघले पत्र पठाएपछि दक्षिणी सुडान जान लागेका सैनिक अधिकारीहरू रोकिएको बताए।

‘शान्ति मिसनका लागि दक्षिण सुडान जान हाम्रो टोली तयारी अवस्थामा थियो’, सैनिक प्रवक्ता पाण्डेले भने, ‘अर्को निर्णय आउनेबित्तिकै उनीहरू जान्छन्। राष्ट्रसंघको आग्रहमा तत्काल सेना नपठाउने निर्णय गरेका हौं।’ राष्ट्रसंघको निर्णयसँगै दक्षिणी सुडानबाट फर्कने तयारीमा रहेका टोलीको कार्यावधि केही लम्बिएको छ। नेपालमा अहिले रोकिएका सैनिक अधिकारीहरूको पहिलो टोली दक्षिणी सुडान पुगेपछि त्यहाँ रहेका सैनिक अधिकारी फर्कनेछन्। राष्ट्रसंघले अर्को निर्णय नगरुन्जेलसम्म त्यहाँ पुरानै टोलीले काम गर्नेछ।

राष्ट्रसंघको आग्रहमा नेपाली सेनाले कंगो, दक्षिणी सुडान, सुडान, वेस्टर्न सहारा, इजरायल, लेबनान, माली, सिरिया, सेन्ट्रट अफ्रिकन रिपब्लिक, इराक र लिबियाका विभिन्न मिसनमा शान्ति सेना पठाउँदै आएको छ। पछिल्लो तथ्यांकअनुसार राष्ट्रसंघका विभिन्न मिसनमा पाँच हजार ९६ जना सैनिक अधिकारी तैनाथ छन्। राष्ट्रसंघको आग्रहमा नेपाल प्रहरीका २ सय ३९ र सशस्त्र प्रहरीका ३ सय ६४ जना विभिन्न शान्ति मिसनका काम गर्दै आएका छन। नेपाली सेनाले सन् १९५८ मा संयुक्त राष्ट्रसंघीय कार्यक्रमअन्तर्गत पहिलोपटक लेबनानमा पाँचजना सैनिक पर्यवेक्षक पठाएको थियो।

सन् १९७४ मा शान्ति सेना स्थापनार्थ इजिप्टमा पहिलो नेपाली कन्टिजेन्टका रूपमा पुरानो गोरख गण खटिएको थियो। सन् १९५८ देखि हालसम्ममा १ लाख २९ हजार ८ सय ९९ सैनिक अधिकारी राष्ट्रसंघको आह्वानमा विभिन्न शान्ति मिसनमा खटिइसकेका छन्। तीमध्ये एक हजार चार सय १ महिला छन्। अन्नपुर्णपोष्ट दैनिक




भर्खरै