३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिगामी षड्यन्त्रविरुद्ध भन्दै आज एमालेको देशैभर सभा



अ+ अ-

काठमाडौं । नेकपा एमालेले आज देशैभरी जनसभा गर्दैछ । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत आज अधिकांस जिल्ला सदरमुकाम वा ठूला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो ।

एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा ब्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्ला जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जहरुलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको छ ।

आजको सभाबाट हामी एमाले देशैभरी अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउँछौं’ गौतमले भन्नुभयो ।

गौतमका अनुसार जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ । पहिलो चरणमा गत २२ गते देशैभरी वडा भेला भएको छ ।

२५ गते अधिकांश पालिकाहरुमा जनप्रदर्शन तथा र्‍यालीहरु भएका छन् । तेस्रो चरणको कार्यक्रम अन्तरगत आज जिल्लाहरु जनसभा हुँदैछन् ।

जनपरिचालनको समापन मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिनुभयो ।

आजको जनसभामा महासचिव शंकर पोखरेलले नेपालगञ्जमा सम्बोधन गर्नुहुनेछ भने उपमहासचिव प्रदिप ज्ञवालीले गुल्मी, अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्नुहुनेछ ।

यसैगरी रुपन्देहीमा हुने कार्यक्रममा सचिव छबिलाल विश्वकर्मा अर्का सचिव पद्मा अर्यालले झापाको विर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नुहुनेछ ।

कोशीका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिक्मत कार्कीले धनकुटामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।