१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाको भावना राज्यले समयमै नबुझिदिँदा बेचैनी देखियो: प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसंख्याको यस समूहमा बेचैनी देखिएको बताउनुभएको छ। युवाको भावना र आवश्यकता सम्बोधन गर्दै रचनात्मक मार्गतर्फ अग्रसर गराउनुपर्नेमा उहाँको जोड छ।

युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्ने क्रममा उहाँले युवाको भावना राज्यले नबुझिदिँदा जनसंख्याको यस समूहमा बेचैनी देखिएको र अब राज्यले सम्बोधन गर्नैपर्ने बताउनुभएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा युवा परिषद्का अध्यक्षका हैसियतले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले उहाँले भन्नुभयो, ‘युवा शक्तिमा अहिले बेचैनी र विचलनजस्तो देखिएको छ। नत्र भदौ २३ र २४ को घटना किन हुन्थ्यो र? युवामा यस्तो तागत हुन्छ, राज्यले सही वातावरण बनाउन सके मुलुक बन्छ। नत्र विचलन र विद्रोह जन्मिन्छ।’

युवामा सुधार ल्याउने र रचनात्मक मार्गतर्फ डोर्‍याउने कर्तव्य राज्यकै हुने उहाँको भनाइ थियो।

‘युवालाई सही बाटोमा लगाउन सकिन्छ। खेलकुद, सामाजिक सेवा र रचनात्मक काममा अग्रसर गराउनुपर्छ,’ उहाँले थप्नुभयो, ‘युवामन्त्री (बब्लु गुप्ता) एकदमै तेजिलो हुनुहुन्छ। समाज सेवामा पनि काम गर्नुभएको छ। युवालाई कसरी परिचालन गर्ने भनेर मन्त्रिपरिषद्मा पनि योजना राम्रो राम्रो ल्याउँदै हुनुहुन्छ।’

हालसालै बनेको युवा नीतिले १८ देखि ३५ वर्ष उमेर समूहको जनसंख्यालाई युवामा परिभाषित गरेको छ। यस समूहमा १ करोड २४ लाख जनसंख्या छ, जुन कुल जनसंख्याको ३० प्रतिशत हो। ‘जनसंख्याको यति ठूलो हिस्सालाई नेतृत्व प्रदान गर्ने, बाटो देखाउने र सुगठित बनाउने काम युवा परिषद् र युवा मन्त्रालयले गर्न सक्छन्।

यसमा देशभरिका युवा आएर जोडिन सकून्। यसै कारण हामीले बलियो मन्त्री पठाएका छौँ। यो फाइटिङ एज पनि हो। नेपाली युवा जहाँ पुग्छन्, जुन मञ्चमा उभिन्छन्, त्यहाँ हामी जित्नुपर्छ। यो भावनाका साथ अगाडि बढ्नुपर्छ।’