१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो १ बजे पार्टी ललितपुरको धोविधाटमा कार्यसम्पादन समिति बैठक बोलाएका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिईन् ।

चुनावअघि महाधिवेशन गर्ने वा नगर्ने विषयमा सहमति जुटाउन बैठक केन्द्रित हुने उनले बताईन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने पुस २९ भित्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । तर, संस्थापन पक्ष भने फागुन २१ को चुनावपछि मात्रै महाधिवेशन गर्ने पक्षमा छन् ।