१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री



अ+ अ-

काठमाडौँ । एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुने सिलसिलामा दक्षिण कोरियाको राजधानीमा रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कृत्रिम बौद्धिकता (एआई) को प्रवर्द्धनका निम्ति काम गर्ने ऊर्जा मिलेको बताउनुभएको छ ।

‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि उहाँले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताउनुभएको हो । साथै उहाँले मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई उपयोगी हुने बताउनुभयो ।

सञ्चारमन्त्री खरेलको निजी सचिवालयका अनुसार सेन्टरका गतिविधिबारे जानकारी लिएपछि उहाँले भन्नुभयो, “कोरियाको एआई स्मार्ट सिटी सेन्टरबाट नेपालको एआई केन्द्रलाईं अझ सुदृढ गर्न ज्ञान मिलेको छ । यसबाट हालै हाम्रो देशमा स्थापना भएको केन्द्रलाई सबल बनाउन टेवा पुग्ने छ ।”

सञ्चारमन्त्री खरेलले केन्द्रलाई प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । साथै उहाँले एआईका माध्यमबाट प्राप्त अवसर, राष्ट्रनिर्माणमा यसको अधिकतम उपयोग र भविष्यबारे विज्ञहरूसँग परामर्श गर्नुभयो । सञ्चारमन्त्री खरेलले ‘डिजिटल नेपाल’ र ‘डिजिटल ट्रान्सफरमेसन’का लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण भएको बताउनुभयो ।