१५ श्रावण २०८३, शुक्रबार
,
Latest
स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य



अ+ अ-

काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री औपचारिक रूपमा सुरु गरेको छ।

मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने प्रतियोगिताका लागि दर्शकले विभिन्न दरमा टिकट खरिद गर्न सक्ने भएका छन्।

साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि रु. ५०० तोकिएको छ भने अन्य दिनका खेलका लागि पनि ५०० रुपैयाँ नै तोकिएको छ । प्लेअफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ ।

यस्तै प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि १५०० रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य १००० रुपैयाँ छ ।

टिकेटहरू एनपीएलको टिकेटिङ पार्टनर खल्ती बाइ आईएमईमार्फत् लिन सकिने क्यानको भनाइ छ।




भर्खरै