१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल सहितका १४ सांसदको मुद्दाको सुनुवाई चैत २० गतेदेखि शुरु



अ+ अ-

काठमाडौंः नेकपा एमालेले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटको सुनुवाई आगामी चैतदेखि २० गते शुरु हुने भएको छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा कुमार चुडालको संयुक्त इजलासले चैत २० गतेदेखि पूर्ण सुनुवाई गर्ने गरी आदेश दिएको हो । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेका माधव कुमार नेपाल सहितका १४ सांसदलाई पार्टीबाट हटाइएको र त्यसको सूचना संसद सचिवालयमा दर्ता गरिए पनि कारबाही नभएको भन्दै सर्वोच्चमा मुद्दा दायर गर्नु भएको थियो । 

संसद सचिवालयले समयमै एमालेको माग सम्बोधन नगरेसँगै सांसद पद यथावत रहनुका साथै  नेकपा (एस) गठन भएका थिए, र त्यसलाई संसद र निर्वाचन आयोगले मान्यता दिएका थिए । 

एमाले अध्यक्ष ओलीको मागलाई सभामुख अग्नि सापकोटाले नजरअन्दाज गरेपछि यही विषयलाई लिएर नेकपा एमालेले झन्डै ७ महिनादेखि संसद् अवरुद्ध गरिरहेको छ ।

एमाले विभाजनका क्रममा निर्वाचन आयोगले ती १४ सांसदको हस्ताक्षर समेत सनाखत गरेपछि ओलीले आयोगलाई पनि विपक्षी बनाउनुभएको थियो ।

सांसदहरू माधव कुमार नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, लक्ष्मीकुमारी चौधरी, मेटमणि चौधरी, निरा जैरु, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण कायस्थ र कलिला खातुनको सांसद पद रहने वा नरहने विषयको टुंगो अब सर्वोच्चको पूर्ण फैसलाबाट मात्र टुंगो लाग्नेछ ।