१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल सहितका १४ सांसदको मुद्दाको सुनुवाई चैत २० गतेदेखि शुरु



अ+ अ-

काठमाडौंः नेकपा एमालेले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटको सुनुवाई आगामी चैतदेखि २० गते शुरु हुने भएको छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा कुमार चुडालको संयुक्त इजलासले चैत २० गतेदेखि पूर्ण सुनुवाई गर्ने गरी आदेश दिएको हो । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेका माधव कुमार नेपाल सहितका १४ सांसदलाई पार्टीबाट हटाइएको र त्यसको सूचना संसद सचिवालयमा दर्ता गरिए पनि कारबाही नभएको भन्दै सर्वोच्चमा मुद्दा दायर गर्नु भएको थियो । 

संसद सचिवालयले समयमै एमालेको माग सम्बोधन नगरेसँगै सांसद पद यथावत रहनुका साथै  नेकपा (एस) गठन भएका थिए, र त्यसलाई संसद र निर्वाचन आयोगले मान्यता दिएका थिए । 

एमाले अध्यक्ष ओलीको मागलाई सभामुख अग्नि सापकोटाले नजरअन्दाज गरेपछि यही विषयलाई लिएर नेकपा एमालेले झन्डै ७ महिनादेखि संसद् अवरुद्ध गरिरहेको छ ।

एमाले विभाजनका क्रममा निर्वाचन आयोगले ती १४ सांसदको हस्ताक्षर समेत सनाखत गरेपछि ओलीले आयोगलाई पनि विपक्षी बनाउनुभएको थियो ।

सांसदहरू माधव कुमार नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, लक्ष्मीकुमारी चौधरी, मेटमणि चौधरी, निरा जैरु, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण कायस्थ र कलिला खातुनको सांसद पद रहने वा नरहने विषयको टुंगो अब सर्वोच्चको पूर्ण फैसलाबाट मात्र टुंगो लाग्नेछ ।