२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलनका घाइते प्राध्यापकमाथि सरकारको बेवास्ता, योगदानको अपमान: झलनाथ खनाल



फाइल फोटो
अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गर्नुभएको छ । जेन–जी आन्दोलनका क्रममा उहाँको घरमा आगजनी गरी हत्या प्रयास गरिएको थियो । चार दशकभन्दा लामो समय फिजिक्सको प्राध्यापक रहनुभएकी चित्रकार गम्भीर घाइते हुनुभएको छ र अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले सरकारले चित्रकारको अवस्थाबारे एक शब्द पनि नसोधेको भन्दै प्रश्न उठाउनु भयो ।

खनालले भन्नुभयो, “सरकारले जेन–जी आन्दोलनका हत्या र घाइतेहरूको छानबिन, शहीद घोषणा र निःशुल्क उपचारको कुरा ग¥यो । तर प्रधानमन्त्रीको घोषणामा रविलक्ष्मी चित्रकारलाई किन बिर्सियो ? उहाँ ४० वर्ष फिजिक्स पढाउने प्राध्यापक र गृहिणी हुनुहुन्छ । जल्लादहरूले चारैतिर घेरेर घरबाट बाहिर निस्कन नदिई हत्या प्रयास गरे । अन्ततः उहाँलाई बचाइयो, तर अहिले अस्पतालमा हुनुहुन्छ । म प्रश्न गर्न चाहन्छु, उहाँ घाइते हो कि होइन ?”

उहाँले यो प्रश्न व्यक्तिगत मात्र नभएको बताउनु  भयो । चार दशक देशलाई योगदान दिने प्राध्यापकको उपचारमा सरकारमाथि उहाँले प्रश्न गर्नुभयो । सरकारले जेन–जी घाइतेलाई निःशुल्क उपचारको घोषणा गरे पनि पूर्वप्रधानमन्त्रीकी श्रीमती भएकै कारण चित्रकारको उपचारमा मौन छ ।

खनालले थप्नुभयो, “तीन करोड जनताको तर्फबाट प्रधानमन्त्रीलाई सोध्छु— उहाँ घाइते हुनुहुन्छ कि हुहुनुन्न ? उपचारको दायित्व सरकारको छ कि छैन ? आजसम्म एक शब्द सोधिएको छैन, कसैलाई पठाइएको छैन, खर्चबारे पनि चासो छैन ।”

घर जल्यो, सम्पती खरानी, बैंक खाता शुन्य

घटनाको क्रुरताले खनाल परिवार मात्र होइन, धेरैलाई स्तब्ध बनाएको छ । आन्दोलनकारीले खनालको घर पूरै जलाएका छन् । सम्पती नष्ट भएको छ ।
उहाँले भन्नुभयो, “मेरो घर जलाएर खरानी बनाइयो । भित्रको सम्पती पनि खरानी भयो । देशमा यत्रा बैंक छन्, मसँग एउटा खाता छैन । दुई खाता खोलेको थिएँ तर राख्ने पैसा कहाँबाट ल्याउने ? हरेक दिन खर्च आउँछ, खर्च हुन्छ— यस्तै छ मेरो अवस्था ।”

आफूसँग धेरै सम्पती नभएको बताउँदै उहाँले ७० रोपनी जग्गामध्ये ५५ रोपनी सरकारलाई दिएको उल्लेख गर्नुभयो । त्यसैमा इलाममा सिटिइभिटीको कार्यालय बनेको छ ।

उहाँले भन्नुभयो, “सयौं रोपनी जग्गा छैन, ७० रोपनी थियो— ५५ रोपनी सरकारलाई दिएँ । इलामको सिटिइभिटी हेर्नुस्, प्रधानमन्त्रीज्यु । यस्तो व्यक्तिको श्रीमती घाइते होइनन् र ? उपचार सरकारको दायित्व होइन र ?”

सरकारको दोहोरो मापदण्डः सामान्य घाइतेलाई राहत, पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई बेवास्ता

सरकारले जेन–जीका मृतक र घाइतेलाई राहत, उपचार र शहीद घोषणा गर्ने नीति ल्याएपनि खनाल दम्पतीप्रति पूर्ण मौन छ । खनालले आमजनता, परिवार र जीवनसङ्गिनीको तर्फबाट प्रश्न गर्नुभयो ः “यो देशको सरकारलाई सोध्छु— घाइते प्राध्यापकको उपचार दायित्व हो कि होइन ?”

यो घटना राजनीतिक हमलाको शिकार बनेका पूर्वनेताको परिवारप्रतिको उपेक्षा मात्र होइन, योगदान दिएका व्यक्तिको सुरक्षा र सम्मानमा राज्यको असफलता हो । खनालको सार्वजनिक अपीलले सरकारमाथि दबाब बढाएको छ । यसबारे अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जवाफ दिनुपर्ने उहाँको आग्रह छ ।




भर्खरै