१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलनका घाइते प्राध्यापकमाथि सरकारको बेवास्ता, योगदानको अपमान: झलनाथ खनाल



फाइल फोटो
अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गर्नुभएको छ । जेन–जी आन्दोलनका क्रममा उहाँको घरमा आगजनी गरी हत्या प्रयास गरिएको थियो । चार दशकभन्दा लामो समय फिजिक्सको प्राध्यापक रहनुभएकी चित्रकार गम्भीर घाइते हुनुभएको छ र अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले सरकारले चित्रकारको अवस्थाबारे एक शब्द पनि नसोधेको भन्दै प्रश्न उठाउनु भयो ।

खनालले भन्नुभयो, “सरकारले जेन–जी आन्दोलनका हत्या र घाइतेहरूको छानबिन, शहीद घोषणा र निःशुल्क उपचारको कुरा ग¥यो । तर प्रधानमन्त्रीको घोषणामा रविलक्ष्मी चित्रकारलाई किन बिर्सियो ? उहाँ ४० वर्ष फिजिक्स पढाउने प्राध्यापक र गृहिणी हुनुहुन्छ । जल्लादहरूले चारैतिर घेरेर घरबाट बाहिर निस्कन नदिई हत्या प्रयास गरे । अन्ततः उहाँलाई बचाइयो, तर अहिले अस्पतालमा हुनुहुन्छ । म प्रश्न गर्न चाहन्छु, उहाँ घाइते हो कि होइन ?”

उहाँले यो प्रश्न व्यक्तिगत मात्र नभएको बताउनु  भयो । चार दशक देशलाई योगदान दिने प्राध्यापकको उपचारमा सरकारमाथि उहाँले प्रश्न गर्नुभयो । सरकारले जेन–जी घाइतेलाई निःशुल्क उपचारको घोषणा गरे पनि पूर्वप्रधानमन्त्रीकी श्रीमती भएकै कारण चित्रकारको उपचारमा मौन छ ।

खनालले थप्नुभयो, “तीन करोड जनताको तर्फबाट प्रधानमन्त्रीलाई सोध्छु— उहाँ घाइते हुनुहुन्छ कि हुहुनुन्न ? उपचारको दायित्व सरकारको छ कि छैन ? आजसम्म एक शब्द सोधिएको छैन, कसैलाई पठाइएको छैन, खर्चबारे पनि चासो छैन ।”

घर जल्यो, सम्पती खरानी, बैंक खाता शुन्य

घटनाको क्रुरताले खनाल परिवार मात्र होइन, धेरैलाई स्तब्ध बनाएको छ । आन्दोलनकारीले खनालको घर पूरै जलाएका छन् । सम्पती नष्ट भएको छ ।
उहाँले भन्नुभयो, “मेरो घर जलाएर खरानी बनाइयो । भित्रको सम्पती पनि खरानी भयो । देशमा यत्रा बैंक छन्, मसँग एउटा खाता छैन । दुई खाता खोलेको थिएँ तर राख्ने पैसा कहाँबाट ल्याउने ? हरेक दिन खर्च आउँछ, खर्च हुन्छ— यस्तै छ मेरो अवस्था ।”

आफूसँग धेरै सम्पती नभएको बताउँदै उहाँले ७० रोपनी जग्गामध्ये ५५ रोपनी सरकारलाई दिएको उल्लेख गर्नुभयो । त्यसैमा इलाममा सिटिइभिटीको कार्यालय बनेको छ ।

उहाँले भन्नुभयो, “सयौं रोपनी जग्गा छैन, ७० रोपनी थियो— ५५ रोपनी सरकारलाई दिएँ । इलामको सिटिइभिटी हेर्नुस्, प्रधानमन्त्रीज्यु । यस्तो व्यक्तिको श्रीमती घाइते होइनन् र ? उपचार सरकारको दायित्व होइन र ?”

सरकारको दोहोरो मापदण्डः सामान्य घाइतेलाई राहत, पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई बेवास्ता

सरकारले जेन–जीका मृतक र घाइतेलाई राहत, उपचार र शहीद घोषणा गर्ने नीति ल्याएपनि खनाल दम्पतीप्रति पूर्ण मौन छ । खनालले आमजनता, परिवार र जीवनसङ्गिनीको तर्फबाट प्रश्न गर्नुभयो ः “यो देशको सरकारलाई सोध्छु— घाइते प्राध्यापकको उपचार दायित्व हो कि होइन ?”

यो घटना राजनीतिक हमलाको शिकार बनेका पूर्वनेताको परिवारप्रतिको उपेक्षा मात्र होइन, योगदान दिएका व्यक्तिको सुरक्षा र सम्मानमा राज्यको असफलता हो । खनालको सार्वजनिक अपीलले सरकारमाथि दबाब बढाएको छ । यसबारे अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जवाफ दिनुपर्ने उहाँको आग्रह छ ।