काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ ।
आज एकैदिन सुन प्रतितोला ५ हजार ९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै, बिहीबार सुनको मुल्यले साढे २ लाख नाघेको छ । आज सुन प्रतितोला दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १७० रुपैयाँले बढ्दै तीन हजार तीन सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।










