२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

फलेवास नगर अस्पताल निर्माण सुरु



अ+ अ-

पर्वत। एक स्थानीय तह, एक आधारभूत अस्पताल योजनाअन्तर्गत विगत छ वर्षअघि शिलन्यास गरिएको यहाँको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण सुरु गरिएको छ ।

संघीय सरकारले आर्थिक वर्ष २०७६÷७७ मा प्रत्येक स्थानीय तहमा १० देखि १५ शय्याको आधारभूत अस्पताल निर्माण अघि बढाएलगत्तै फलेवास नगरपालिकाले पनि १५ शय्याको अस्पताल शिलान्यास गरेको थियो । फलेवास नगरपालिका–६ देवीस्थानमा तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले अस्पतालकोे शिलान्यास गर्नुभएको थियो ।

बजेट अभाव र प्राविधिक त्रुटीका कारण अलपत्र बनेको नगर अस्पताल नयाँ ठेक्का सम्झौता गरेर निर्माण थालिएको हो । चालु आर्थिक वर्ष २०८२÷८३ मा स्वीकृत बजेट रु नौ करोड २८ हजारको लागतमा धमाधम निर्माण अघि बढेको फलेवास नगरपालिकाका नगर प्रमुख गङ्गाधर तिवारीले जानकारी दिनुभयो ।

शिलान्यास गरिएका स्थान भन्दा भवन निर्माणस्थल परिवर्तन गरी नौ रोपनी क्षेत्रफलमा साढे दुई तले भवन तयार गरिने नगरपालिकाका इञ्जिनीयर टङ्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

अस्पताल बनेपछि सामान्य उपचारका लागि सदरमुकाम कुश्मा, पोखरा तथा बागलुङ पुग्नुपर्ने बाध्यता हट्ने जनाइएको छ । भवन निर्माणको जिम्मा प्रतिष्ठा–जुम्ली–आचार्य जेभी. बागलुङले लिएको छ । रासस