१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

फलेवास नगर अस्पताल निर्माण सुरु



अ+ अ-

पर्वत। एक स्थानीय तह, एक आधारभूत अस्पताल योजनाअन्तर्गत विगत छ वर्षअघि शिलन्यास गरिएको यहाँको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण सुरु गरिएको छ ।

संघीय सरकारले आर्थिक वर्ष २०७६÷७७ मा प्रत्येक स्थानीय तहमा १० देखि १५ शय्याको आधारभूत अस्पताल निर्माण अघि बढाएलगत्तै फलेवास नगरपालिकाले पनि १५ शय्याको अस्पताल शिलान्यास गरेको थियो । फलेवास नगरपालिका–६ देवीस्थानमा तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले अस्पतालकोे शिलान्यास गर्नुभएको थियो ।

बजेट अभाव र प्राविधिक त्रुटीका कारण अलपत्र बनेको नगर अस्पताल नयाँ ठेक्का सम्झौता गरेर निर्माण थालिएको हो । चालु आर्थिक वर्ष २०८२÷८३ मा स्वीकृत बजेट रु नौ करोड २८ हजारको लागतमा धमाधम निर्माण अघि बढेको फलेवास नगरपालिकाका नगर प्रमुख गङ्गाधर तिवारीले जानकारी दिनुभयो ।

शिलान्यास गरिएका स्थान भन्दा भवन निर्माणस्थल परिवर्तन गरी नौ रोपनी क्षेत्रफलमा साढे दुई तले भवन तयार गरिने नगरपालिकाका इञ्जिनीयर टङ्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

अस्पताल बनेपछि सामान्य उपचारका लागि सदरमुकाम कुश्मा, पोखरा तथा बागलुङ पुग्नुपर्ने बाध्यता हट्ने जनाइएको छ । भवन निर्माणको जिम्मा प्रतिष्ठा–जुम्ली–आचार्य जेभी. बागलुङले लिएको छ । रासस