१५ श्रावण २०८३, शुक्रबार
,
Latest
हिमपहिरोमा बेपत्ता नेपाली आरोहीको खोजीमा पाकिस्तानसँग समन्वय जारी छ: पर्यटन विभाग मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी



अ+ अ-

बैतडी। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पञ्चकोटी क्रिकेट क्लब विजयी भएको छ । पञ्चकोटीले  कालाशैनी क्रिकेट क्लबलाई २०६ रनले जितेको हो ।

जितका लागि २८३ रनको लक्ष्य पछ्याएको कालाशैनीको पारी १७ दशमलव ३ ओभरमा ७६ रनमा समेटियो । उसका लागि दिनेश चन्दले अविजित ३४ रन जोडे । बलिङतर्फ पञ्चकोटीका कमल बुडालले ४ विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पञ्चकोटीले ३६ ओभरमा सवै विकेट गुमाउँदै २८२ रन बनायो । उसका लागि लोकेन्द्र चन्द र जीवन कार्कीले अर्धशतकीय पारी खेले ।

लोकेन्द्रले  ९३ र जीवनले ६४ रनको योगदान दिए । यस्तै सुदीप कार्कीले अविजित ३४ रन बनाए ।  लोकेन्द्रलाई प्लेयर अफ दी म्याच घोषित गरिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए । बलिङतर्फ कालाशैनीका पङ्कज चन्द र टेकेन्द्र चन्दले चार चार विकेट लिए ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १२ टोली सहभागी छन् । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए ।

प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने सङ्घका जिल्ला अध्यक्ष विनोदबहादुर चन्दले बताए । रासस




भर्खरै