३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सरकार बलियो भए नागरिक बलियो हुन्छन् : महासचिव पोखरेल

सरकार बलियो भए नागरिक बलियो हुन्छन् : महासचिव पोखरेल
अ+ अ-

काभ्रेपलाञ्चोक।  नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेले नागरिकलाई बलियो बनाउन सरकार पनि बलियो हुनुपर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकस्थित एमालेको बनेपामा नगर कमिटीद्वारा आज बनेपामा आयोजित नगरस्तरीय भेलामा उहाँले राज्य कमजोर हँदा नागरिक पनि कमजोर हुने बताउनुभयो ।

“राज्य सक्षम सबल भए नागरिक बलिाया हुने हुन्, त्यसैले एमालेले यही मान्याता बोक्दै आएको हो”, पोखेरेलले भन्नुभयो, “राज्य कमजोर हुँदा राष्ट्रविरुद्धको षडयन्त्र सफल भएको देखियो, सरकारमा को थियो भन्ने कुरा गौण कुरा हो, त्यसैले राज्य बलिायो हुनुपर्ने हाम्रो मान्यता हो ।”

उहाँले एउटा लोकतान्त्रिका क्रान्तिले देश बदल्ने गर्छ, नेपालमा पटकपटक क्रान्ति गर्ने परिस्थिति किन उत्पत्ति हुने गर्दछ भन्ने प्रश्न जगजाहेर भएको यो प्रश्न खटिरहेकको बताउनुभयो । उहाँले थप्नुभयो, “यस विषयमा हामीले गम्भीर रूपमा बुझेर र विष्लेषण गर्नुपर्नेछ ।”

महासचिव पोखरेलले गत भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने आवश्कयता औँल्याउँदै नेपालमा भएको षडयन्त्रको पहिचान बलियो राज्यले मात्रै गर्ने तर्क व्यक्त गर्नुभयो । उहाँले प्रतिनिधिसभा पुनःस्थापना र प्रतिगमन खारेजको माग गर्दै देशव्यापी प्रर्दशन सुरु गरेको बताउनुभयो ।

एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले लोकतन्त्रको स्थीरताले सार्थकता पाउन नसकेको बताउँदै संसद पुनस्र्थापना एमालेको प्रमुख शर्त भएको बताउनुभयो । उहाँले भदौ २३ र २४ गते भएको आन्दोलनको न्यायीक छानबिन हुनुपर्ने माग गर्नुभयो ।

नगर कमिटी नवराज मानन्धरको अध्यक्षतमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य रेशम लामा, प्रदेश कमिटी सदस्य अशोक ब्याञ्जू, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्यद्वय कुमार तिमल्सिना र हरिशरण दाहाललगायतले एमालेको नीति, धारणा र आगामी योजनाका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो । रासस