२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर रंगशालाको छैटौं मूल्याङ्कनमा पनि कुनै अनियमितता फेला परेन



अ+ अ-

काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा भरतपुरमा निर्माण सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको छैटौं प्राविधिक मूल्याङ्कनमा पनि कुनै कैफियत नभेटिएको पाइएको छ।

पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले गरेको पछिल्लो मूल्याङ्कनअनुसार रंगशालामा भ्याटसहित करिब ५९ करोड ९० लाख रुपैयाँ बराबरको काम भएको देखिएको छ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत पुल्चोक क्याम्पसको मूल्याङ्कनका आधारमा सम्पत्ति खरिद गर्न १५ करोड रुपैयाँ विनियोजन गरी अर्थ मन्त्रालयले असारमै भरतपुर महानगरपालिकालाई निकासा गरिसकेको छ।

प्रतिवेदनले धुर्मुस–सुन्तली फाउन्डेसनले खर्चभन्दा बढी मूल्यको भौतिक संरचना निर्माण गरेको देखाएको छ। महानगरको लेखापरीक्षणअनुसार ५७ करोड ९२ लाख रुपैयाँ खर्च भएको र करिब १८ करोड ४३ लाख रुपैयाँ आपूर्तिकर्तालाई तिर्न बाँकी रहेको उल्लेख छ।

संस्थानको प्रतिवेदनमा माटो ढुवानी, दुबो रोपाइँ र नमुना खेलमैदानलगायत करिब ३ करोड रुपैयाँ बराबरका खर्च समावेश छैनन् । ती जोड्दा र ओभरहेड कस्ट समेत गणना गर्दा रंगशालाको कुल मूल्य करिब ७२ करोड रुपैयाँ पुग्छ।

यो परियोजनामा हालसम्म पाँचपटक सरकारी छानबिन भइसकेको छ । सबै मूल्याङ्कनले कुनै अनियमितता नभएको निष्कर्ष दिएको छ। धुर्मुसविरुद्ध दायर उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि २०८१ सालमा ‘क्लिनचिट’ दिएको थियो।

तर, भरतपुर महानगरले संघीय सरकारबाट निकासा भएको १५ करोड रुपैयाँ फाउन्डेसनलाई अझै हस्तान्तरण गरेको छैन। यस कारण धुर्मुसले ठेकेदार र आपूर्तिकर्तालाई तिर्न बाँकी १८ करोड रुपैयाँको ऋण चुक्ता गर्न नसकेको बताइएको छ।