२३ जेष्ठ २०८३, शनिबार
,
Latest
यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस केन्द्रिय समितिको बैठक जारी (तस्बिरसहित)



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक शुरु भएको छ ।

विगत लामो समयदेखि जारी रहेको केन्द्रिय समिति बैठक मंगलवार मध्यान्हबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी छ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, लगायत सहमहामन्त्री, केन्द्रिय सदस्यहरु रहेका छन् ।

पार्टी महामन्त्री थापा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग र महाधिवेशनका लागि कार्यतालिका प्रश्तुत गर्न नदिएपछि केही बैठकहरुमा उपस्थित हुनुभएको थिएन । तर महाधिवेशन कार्यतालिका प्रश्तुत गर्न दिने सहमतिपछि यसअघिको बैठकमा उपस्थित हुनुभएको थियो । मंगलवारको बैठकमा पनि सहभागी हुनुहुन्छ । काँग्रेसमा सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर गएपछि पार्टीका निर्णयहरु हुन सकेका छैनन् ।

एक पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेलामा अर्को पक्ष नियमित महाधिवेशन हुनुपर्ने तर निर्वाचन अघि हुन नहुने पक्षमा छन् । केन्द्रिय समितिको बैठकमा संसद पुनःस्थापना, निर्वाचन, विशेष महाधिवेशन लगायत समसामयिक राजनीतिक विषयहरुमा आफ्ना धारणा राख्ने क्रम जारी छ ।

तस्बिरहरुः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल