४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह

आफ्नै दैनिकीमा फर्किए प्रधानमन्त्री ओली

आफ्नै दैनिकीमा फर्किए प्रधानमन्त्री ओली
अ+ अ-

काठमाडौं । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी व्यस्त हुन थालेको छ । शनिबारबाटै उनी छलफलमा सहभागी हुन थालेका थिए । आइतबार उनी अझ सक्रिय देखिए । आइतबार प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० क्षेत्रका नेताहरूबीच भएको भिडिओ कन्फरेन्समा सिंहदरबारस्थित एक्सन रुमबाट सम्बोधन गरे । १९ फागुनमा मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका उनी १२ दिनपछि बालुवाटार फर्केका हुन् । प्रधानमन्त्री ओली शनिबारबाटै छलफलमा सहभागी हुन थालेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

‘उहाँ पुरानै लयमा फर्कंदै हुनुहुन्छ । नियमित काममा अग्रसर भइरहनुभएको छ,’ थापाले राजधानीसँग भने । विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध साझा रणनीति तय गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा आइतबार भएको सार्क राष्ट्र प्रमुखको भिडिओ कन्फरेन्समा प्रधानमन्त्रीले नेपाल कोरोनाविरुद्ध मित्र राष्ट्रसँग मिलेर लड्न तयार रहेको बताएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि केही समय बालुवाटारमै आराम गर्ने बताइए पनि प्रम ओलीले सक्रियता बढाएका हुन् । उनले अस्पतालबाट फर्केपछि शीर्ष नेता, मन्त्री, पार्टी सचिवालय सदस्यहरूसँग भेटघाट गरेका थिए ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री अत्यावश्यक भेटघाटमा मात्र सरिक भएको बताए । ‘एक महिनासम्म संक्रमणको उच्च जोखिम हुने भएकाले पहिले जस्तो प्रधानमन्त्री भेटघाटमा व्यस्त हुनुहुनेछैन तर अत्यावश्यक भेटघाट गर्न थाल्नुभएको छ,’ उनले भने । विश्वभरि नै कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले पनि आफू आराम गरेर बस्न नसक्ने ओलीको भनाइ रहेको बालुवाटार स्रोतले जनाएको छ । चिकित्सकको सल्लाहअनुसार नै उनको नियमित भेटघाट भइरहेको रिमालले दाबी गरेका छन् । कतिपयले भने प्रधानमन्त्रीलाई केही समय आराम गर्न दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले यसबीचमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका छन् । उनीहरूसँग प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका थिए । ओली पुरानै लयमा सक्रिय हुन खोजिरहेको देखिन्छ । तर, चिकित्सकले यस विषयमा उनलाई सचेत गराइरहेका छन् । ओली गभर्नर नियुक्तिको प्रक्रियालाई छिट्टै सम्पन्न गराउन चाहन्छन् ।

मन्त्रिपरिषद् बैठक बसेर नयाँ गभर्नर नियुक्तिका लागि समिति गठन गर्ने र सो समितिको सिफारिसमा तत्काल गर्भनर नियुक्ति गर्न ओलीको छलफल केन्द्रित हुन थालेको छ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णय कार्यान्वयन गर्ने र नगर्ने भन्ने विषय ओलीमा आएर अड्किएको छ । यद्यपि, गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने विषयमा पार्टीभित्रै विवाद रहेको र त्यसलाई समाधान गर्नुपर्ने चुनौती ओलीलाई छ । यस विषयलाई सबैले चासोका साथ हेरेका छन् । त्यसैगरी, प्रधानमन्त्री ओलीले छिट्टै मन्त्रिपरिषद् बैठक बोलाउने तयारीसमेत गरिरहेका छन् ।

उनी आराम गरे बस्ने पक्षमा देखिँदैनन् । बालुवाटरबाटै उनी गतिविधि सञ्चालन गर्ने तयारीमा देखिएका छन् । मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई एक महिनासम्म चलाइने औषधिले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने भएकाले प्रधानमन्त्री ओली बालुवाटारमै निजी चिकित्सकद्वय डा। दिव्यासिंह शाह र डा। दिलिप शर्माको नियमित निगरानीमा रहेका छन् ।चिकित्सककै निगरानीबीच उनले नियमित दैनिकीमा फर्किने प्रयास थालेका छन् । तर, चिकित्सकले प्रधानमन्त्री ओलीलाई एक महिनासम्म अन्य व्यक्तिसँगको सम्पर्कमा नजान तथा कम्तीमा पनि तीन महिनासम्म भीडभाडबाट टाढै रहेर आराम गर्न सुझाव दिएका छन् । राजधानी दैनिक