९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन



अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा कमल भुसाल उर्फ निकोलस भुसाललाई रिहा गर्न अस्वीकार गरेको छ।

न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सोमबार भुसालले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै उनीमाथिको छानबिन छिटो सम्पन्न गर्न गृह मन्त्रालयलाई परमादेश जारी गरेको हो।

भड्काउपूर्ण अभिव्यक्तिपछि पक्राउ परेका भुसालको रिटमा यसअघि सर्वोच्च अदालतले गृह मन्त्रालयसँग कारण देखाउ आदेश मागेको थियो।

भुसालले कात्तिक १६ गते सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र तत्कालीन काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने घोषणा गरेका थिए।

उनले सो क्रममा ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनीसमेत दिएका थिए।