२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिनुभएको छ ।

सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिनुभएको हो । उहाँले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भएपनि विवादस्पद कार्यगरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले विभिन्न देशका राजदुत फिर्ता गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाउनु भयो । निर्वाचन सुनिश्चित गर्न बनेको अस्थायी सरकारको रूपमा सीमित रहन प्रधानमन्त्री एवं मन्त्रीहरुलाई उहाँको आग्रह छ ।

उहाँले भन्नुभयो, ‘अहिले सरकारका मन्त्रीज्यूहरुलाई धेरै जिब्रो नचलाउन म आग्रह गर्न चाहान्छु । अनि तपाईहरुलाई फागुन २१ गते चुनाव गराउने भनेको होइन ? सुन्नुभएको छैन ? कहिले राजुदत फिर्ता गरेको छ, फिर्ता नगर भनेर अदालतले भन्छ त्यसपछि पनि हाजिर हुनु ? अहिलेको सरकारभन्दा माथिका मान्छे पनि एम्बेस्डर हुनको लागि जान्छन् देशको प्रतिनिधिको हैसियतले । राजदुतहरु फिर्ता भएर परराष्ट्र मन्त्रालयमा हाजिर हुुनु रे । यो कस्तो आदेश हो ? कुन संसारमा छौं तिमीहरु ? कानून थाहा छ कि छैन, कुटनीति थाहा छ कि छैन, राजदुत आएर मन्त्रालयमा हाजिर हुनु रे । सेवाबाट गएको सचिव होइन नि राजदुत उ त विद्वत व्यक्तित्व हो । उ गएर परराष्ट्रमा हाजिर गर्ने ? यस्ता हावा कुरा गर्ने ? अलि सम्हालिएर व्यवहार गर्नुपर्छ नि सरकारले, यस्ता कुरा गर्ने ? सरकारको अवधि चार महिना पनि बाँकी छैन, फुर्ति चाहीँ घामजुन रहुञ्जेल रहनेहुन की जस्तो छ । चुनाव गरेर देखाउ न, आफूलाई दिइएको जिम्मेवारी पो गरेर देखाउनुपर्छ त । यो सरकार चुनाव बनाउन बनेको होइन । हामीले यस्तो धेरै देशमा देखेका छौं ।’

वर्तमान सरकार असंवैधानिक भएको भन्दै अध्यक्ष ओली सरकारले चुनाव गराउन नसक्ने दोहो¥याउनु भयो ।