२४ मंसिर २०८२, बुधबार
,
Latest
राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँ: ईश्वर पोखरेल ईश्वर पोखरेलको प्रश्नः पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ? म्यानमारका स्क्यामिङ केन्द्रमा फसेका ४७ नेपाली आज नेपाल फर्काइए ‘पेन डाउन’ गरेका भन्सार एजेन्ट काममा फर्किन तयार बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु रामेछापका जुनार किसानको सक्रियता बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति नभएको बताउनुभएको छ ।

घर फर्क राष्ट्रिय अभियानलाई सोमवार सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले भदौ २३ रु २४ गते भएको आन्दोलन उपद्रव भएको बताउनु भयो । उक्त आन्दोलन परिवर्तनका लागि नभएको जिकिर गर्नुभयो । उहाँले उक्त उपद्रव छानी छानी नेताका घरहरु जलाउने र कसैले सिकाएको योजनावद्ध काम भएको बताउनु भयो । क्रान्ति यस्तो नहुने भन्दै बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो परिवर्तनका लागि आन्दोलन होइन । यो कसैले सिकाएर लगाइएको एकदमै योजनावद्ध गूगलम्याप हेरेर तयारी गरिकन आगो लगाइएको हो । हात हातमा हतियार र विष्फोटक चिजहरु बोकेर आगजनी गर्ने चिजहरु बोकर हिँडेका मान्छेहरुको योजनावद्ध काम हो । यो कुनै आन्दोलन होइन । विश्वमा यस्तो क्रान्ति हुँदैन । यो क्रान्ति होइन । यो उपद्रव हो । क्रान्ति गरिरहनुपर्छ । राम्रो कुरा हो ।’

अध्यक्ष ओलीले क्रान्ति सकारात्मक प्रक्रिया भएको बताउनु भयो ।