२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा समाहित हुँदै श्रेष्ठले भने–‘देशलाई निकास दिने सामर्थ्य एमालेसँग मात्रै छ’



अ+ अ-

काठमाडौँ । नेकपा एमाले नेता कृष्णकुमार श्रेष्ठले देशलाई निकास दिने सामथ्र्य नेकपा (एमाले)सँग मात्र रहेको बताउनुभएको छ ।

सोमवार नेकपा (एमाले)ले काठमाडौंमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान घोषण सभामार्फत पार्टीमा समाहित हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

आजको दिन आफ्नो लागि एकदमै भावनात्मक र ऐतिहासिक क्षण भएको उहाँको भनाइ छ । नेता श्रेष्ठले विभिन्न कारणले चार वर्ष अगाडि एमाले छोडेबो भएपनि पछिल्लो समय आफ्नो उक्त निर्णय ठिक नभएको निष्कर्षमा पुगेको भन्दै आत्मआलोचना गर्नुभयो ।

उहाँले एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज यो क्षण हाम्रो राजनीतिक जीवनको अत्यन्तै भावनात्मक र ऐतिहासिक मोड हो । चार वर्ष अगाडि हामी विभिन्न कारणले नेकपा (एमाले)बाट अलग भएर अर्को बाटो रोज्यौं । त्यो निर्णय त्यो बेलाको परिधिमा ठिक आगेपनि पछिल्लो समय त्यो निर्णय ठिक थिएन भन्ने निष्कर्षमा पुगेका छौं । एमाले छोडेपछि हामीले बुझ्यौं यो पार्टी एउटा संगठन मात्रै होइन । एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मुल प्रवाह हो । एमालेले देशलाई संविधान दिएको छ, संघीयत र लोकतान्त्रिक दिशा दिएको छ । आजको कठिन आर्थिक र राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य पनि एमालेसँग मात्रै छ । अध्यक्ष कमरेडको दृढता, अटलता र देशप्रतिको समर्पण आजपनि लाखौं युवाका लागि प्रेरणा बनेको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको दृढता, अटलता र देशप्रतिको समर्पण आज लाखौं युवाका लागि प्रेरणा बनेको उहाँको जिकिर छ ।