२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन आवश्यक वातावरण बनाउनुपर्छः विज्ञहरु



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका पूर्वपदाधिकारीहरुले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन आयोगलाई सरकारले सबै खालको स्रोत साधनको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

सोमवार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन सम्बन्धि परामर्श कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ड उप्रेती, पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङसहितका पूर्वपदाधिकारीहरुले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक वातावरण बनाउनुपर्ने बताउनुभएको हो ।

उनीहरुले निर्वाचनको विकल्प नभएकाले सबै दलहरु सो निर्वाचनमा भाग लिने जिकिर समेत गर्नुभयो । सबै दलहरु लोकतन्त्रवादी भएकाले उनीहरु सबैले निर्वाचनमा भाग लिने पूर्व कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले दाबी गर्नुभयो । उहाँले निर्वाचनमा विदेशमा रहेका मतदाताहरुलाई पनि मत हाल्ने व्यवस्था हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि निर्वाचन आयोगलाई सुझाव दिइएको बताउनु भयो ।

पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त गुरुङले भन्नुभयो, ‘निर्वाचन आयोगले आफनो तर्फबाट राजनीतिक समस्या राजनीतिक वातावरण बनाउने काम सरकारको हो, राजनीतिक दलहरुको हो । दलहरु सबै लोकतन्त्रवादी छन । उनीहरु निर्वाचनबाट भाग्न सक्दैनन । जनताले निर्वाचनलाई उत्सवको रुपमा लिन्छन, पर्वको रुपमा लिन्छन । र, विदेशमा रहेका नेपालीहरुलाई पनि मतदान गर्न पाउने गरी तत्काल ऐन कानूनको व्यवस्था गर्नुप¥यो भनेर सुझाव दिएका छौं ।’

पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले निर्वाचन आयोगलाई आवश्यक सबै खालका स्रोत साधनको तत्काल उपलब्धता गराउनुपर्ने सुझाव आफूले दिएको बताउनु भयो । उहाँले निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्ने धारणा समेत राख्नुभयो । पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले भन्नुभयो, ‘तोकिएको मितिमा निर्वाचन हुनुपर्छ । र आन्दोलनबाट आएका समूहले राखेका माग पूरा हुनेगरी निर्वाचनलाई मोडलिङ गर्नु पर्छ । त्यसका लागि इलेक्ट्रिक भोटिङ मेसिन र आई भोटिङ मध्ये के उपयुक्त हुन्छ त्यसमा पनि विचार गर्नुपर्छ । सरकारले निर्वाचन आयोगलाई आवश्यक जनशक्ति, इक्वीपमेन्ट जति चाहिन्छ, ती चीजहरु समयमा उपलब्ध गराउनु पर्छ । निर्वाचन अवश्यमंभावी छ । निर्वाचन नभएसम्म हामी अर्को स्टपमा जान सक्दैनौं । सबैको माग पूरा हुने गरी निर्वाचनको व्यवस्था हुनु पर्छ भनेर सुझाव दिएका छौं ।’

परामर्श बैठकमा निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गराउनका लागि गरेको तयारीबारे ब्रिफिङ गर्नुभएको थियो ।