काठमाडौं। मधेस प्रदेशमा सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रक्कीप्रसाद साह र सुजित यादवले संयुक्त रूपमा आज रिट दायर गरेका हुन्।
उनीहरूले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका छन्।
सर्वोच्च अदालतले उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि कात्तिक २५ गते मिति तोकेको छ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।










