२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायतका नेता एमालेमै फर्किए–फोटोफिचर



अ+ अ-

काठमाडौं, कात्तिक २४ । नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ।

राष्ट्रिय सभा गृहमा आज आयोजित विशेष समारोहकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट फर्कनुभएका नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै घरमा स्वागत गर्नुभयो।

कार्यक्रममा एकीकृत समाजवादीमा लाग्नुभएका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह ‘कलम’ अध्यक्ष ओलीलाई बुझाउनुभएको थियो।

पार्टी प्रवेश कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता तथा कार्यकर्ताहरू ठूलो संख्यामा एमालेमा फर्कनुभएको छ। कार्यक्रममा फर्किएका नेताहरूको नाम वाचन गरी सार्वजनिक गरिएको छ।

पार्टीका शीर्ष नेताहरूले यो अभियानलाई संगठनभित्र पुनः एकताको सुरुवातका रूपमा व्याख्या गर्नुभएको छ। अध्यक्ष ओलीले एमालेमा फर्किएकाहरूलाई उत्साहपूर्वक स्वागत गर्नु भएकाे छ ।

राष्ट्रिय सभा गृहमा आज देशभरबाट आएका नेता तथा कार्यकर्ताको उपस्थितिले हल खचाखच भरिएको थियो। कार्यक्रम स्थलमा ‘घर फर्क अभियानमा स्वागत छ’ लेखिएका ब्यानर र झण्डाहरूले उत्सवमय वातावरण सिर्जना गरेका थिए ।