४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारीमा ‘पोर्न’ व्यापार : मास्क र गाउन लगाएरै यौनसम्पर्क !



अ+ अ-

लण्डन । कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको बेला ‘पोर्न साइट’हरुले भने कमाउने धन्धा बनाएका छन् ।

पछिल्लो समय थुप्रै पोर्न साइटहरुले ‘मास्क’ र भाइरलबाट जोगिने गाउन, अर्थात् ‘सूट’ पहिरिएर यौन सम्पर्क गरिराखेका भिडिओ पोस्ट गरेका छन् । ‘डिसर्टेड वुहान’, ‘टीएसए एजेन्ट डिटेन्स वुमन सस्पेक्टेड अफ कोरोना भाइरस’ जस्ता टाइटलका भिडिओ पोर्न साइटहरुले पोस्ट गरेको डेलीमेलले जनाएको छ ।

साथै पिपीइ अर्थात् विशेष खालको सूट, फेस मास्क तथा हस्पिटल गाउन जस्ता पहिरनमा यौन सम्पर्क गरिराखेका भिडिओ ती साइटले उत्पादन गरेका हुन् । चीनबाट सुरु भएको कोरोना भाइरसबाट ९५ हजार मानिस संक्रमित भइसकेका छन् । ८० भन्दा धेरै देशमा फैलिएको यो भाइरलका कारण ३ हजार २ सयजनाको मृत्यु भइसकेको छ ।

आम मानिसहरु जसरी ‘हरर मुभी’सँग नजिकिन्छन् त्यसै गरी कोरोना भाइरसको विषयसँग आकर्षित भएको पोर्न मुभी निर्मार्ताहरुको तर्क छ । साथै कोभिड–१९ ले विश्वभर त्राससँगै रहस्य पनि निम्त्याउने उनीहरुको भनाइ छ । इटलीमा किस र हग गर्न प्रतिबन्ध लगाएपछि यस्ता भिडिओ निर्माण गर्न थालेको बताइन्छ ।