२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको घर फर्क अभियान सुरु–फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न दलमा गएर पुनः फर्किन लागेकाहरूलाई एमालेले स्वागत गर्दैछ।

राष्ट्रिय सभागृहमा एक समारोह गरी एमालेले पहिले एमालेमै रहेका तर बीचमा विभिन्न दलमा गएकालाई घर फर्क अभियानअन्तर्गत स्वागत गर्न लागेको हो।

उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्दैछन्। राष्ट्रिय सभागृहमा कार्यक्रम जारी छ।

एमाले विभाजन गरेर बनेको नेकपा एस गठनका लागि गएका रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत पुनः एमालेमै फर्किँदैछन्।