२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक आह्वान



अ+ अ-

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको छ।

प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको एमालेले मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने जनाएको छ।

मुख्य सचेतक महेश बर्तौलाका अनुसार उक्त बैठकमा मुलुकमा विकसित असामान्य र जटिल राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। उनले लोकतान्त्रिक र संवैधानिक निकासका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे बैठकमा निर्णय हुने जानकारी दिए।

बैठकमा पूर्व सांसदहरू, केन्द्रीय नेताहरू र पार्टीका नीति निर्माण तहका पदाधिकारीहरूको सहभागिता रहने बताइएको छ।

संसद पुनर्स्थापनाको मागसहित एमालेले सडक संघर्षको तयारी पनि थालेको छ। पार्टीले देशभर प्रदर्शन र सभा–सभा आयोजना गर्दै जनदबाब सिर्जना गर्ने योजना बनाएको जनाएको छ।