१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला २९०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनभाँदी बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार उक्त सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैँयाले बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।