२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश बनाउने डिपिआरसहित आएको छुः रेशम चौधरी



अ+ अ-

काठमाडौँ । पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश बनाउने डिपिआरसहित आफू लागिपरेको बताउनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक राजनीतिक दल दर्ताका पहलका लागि निर्वाचन आयोगमा पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । आफू कारागारमा बस्दा राजनीतिक विश्वविद्यालयझैँ राजनीति बुझेर बाहिर आएको बताउनु भयो । उहाँले अब आफूले कारागारमा हुँदा तयार पारेको देश बनाउने डिपिआर लागू गर्दै अघि बढ्ने बताउनु भयो । जनताले गरेका इच्छा,आकंक्षालाई लक्ष्यमा पु¥याउनु हरेक नागरिकको कर्तव्य भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जनताले गरेका इच्छा,आकंक्षालाई लक्ष्यमा पु¥याउनु हरेक नागरिकको कर्तव्य हो । राजनीतिमा परिवार भन्ने हुँदैन । पहिला जनता र त्यसपछि देश हुन्छ । देश र जनता मिलाउन सक्नु अर्को फरक कुरा हो । परिवार मिलाउन सक्नु नसक्नु फरक कुरा हो । राजकाज र राजनीति भनेकै देश र जनताको क्षेत्राधिकारको कुरा हो । लक्ष्यमा जनता कसरी समेट्ने भन्ने हो । जनताको आकंक्षा र अपेक्षा पूरा गर्न लाग्नेछौँ । ८ वर्ष कारागारमा रहेर अध्ययन गरेको राजनीतिक युनिभर्सिटीले मलाई छुट्टै एउटा देश बनाउने डिपिआर खडा गर्न बाध्य बनायो ।’ 

नेता चौधरीले राजकाज र राजनीति भनेकै देश र जनताको लागि भएको बताउनु भयो ।