३० श्रावण २०८३, शनिबार
,
Latest
विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षमानको दाबीः आगामी निर्वाचनबाट देशकै ठूलो पार्टी बन्छौँ



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आफूहरुको पार्टीले आगामी निर्वाचनमा सबैभन्दा धेरै सिट जित्ने दाबी गर्नुभएको छ ।

निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँग कुरा गर्दैै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूहरु आगामी निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने पनि बताउनु भयो । जनार्दन शर्माबारे सञ्चारकर्मीको जिज्ञासामा उहाँले छुटेको रेलमा विस्तारै घुम्तीका स्टेशनहरुमा चढ्ने टिप्पणी गर्नुभयो । आफूहरु जेन जीका माग पूरा गर्न र जनतालाई जोड्ने काममा लाग्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धेरै साथीहरु गोलवन्द हुँदै कमरेड पुष्पलालको सपनालाई वैज्ञानिक समाजवादसँग जोड्ने आजका युवाहरुको, आजका जनताहरुसँग जोड्ने कुरा हो । हामी झनै अघि बढेका छौँ । अरु भ्रम पार्ने भन्दा यही कुरा स्थापित गर्नुपर्छ । जनार्दन र घनश्यामजीहरु हामीसँगै हुनुहुन्छ, कम्युनिष्ट आन्दोलनको एउटा घुम्तीमा हुनुहुन्छ । हामी मूल बाटो लाग्यौँ । उहाँहरु घुम्तीमा अल्मलिनुभएको जस्तो छ । रेल छुटेको हो, विभिन्न स्टेशनमा रोक्दै नयाँ प्यासेन्जर चढाउँदै जाने हो । अर्को स्टेशनमा आउनुहुन्छ भन्ने विश्वास छ । १ सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँछौँ । जेन जी नवयुवाहरुसहितलाई लिएर यस पटक सबैभन्दा धेरै सिट लिनेगरी तयारी छ, आकंक्षा छ। हामी लार्जेस्ट पार्टी हुन्छौँ ।’

नेता पुनले आफूहरु एक भएर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।