२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कम्युनिष्ट पार्टी नेपाली समाजको आमूल परिवर्तनको दिशामा लाग्छः राजेन्द्र पाण्डे



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले आफूहरुको पार्टी नेपाली समाजको आमूल परिवर्तनको दिशामा लाग्ने बताउनुभएको छ ।

आईतवार निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक कागजातहरु पेश गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले १० वटा कम्युनिष्ट घटकहरु मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्नुहुँदै जेन जीले उठाएका मागमा आफूहरुको पूर्ण समर्थन रहेको बताउनु भयो । उहाँले १९ गते दल दर्ताका लागि निवेदन दिएको र आवश्यक कागजातहरु अहिले पूर्ण रुपमा ल्याएर बुझाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कम्युनिष्ट पार्टी भनेर बनाएका छौँ । १० वटा कम्युनिष्ट घटकहरु छौँ । पाँच वटा यसअघि नै निर्वाचन आयोगमा दर्ता भएर काम भइरहेको थियो । कार्तिक १९ गते नै दर्ता गरेका थियौँ । विगतमा दर्ता भएका माइन्युटदेखि सबै कुराहरु निर्वाचन आयोगलाई चाहिने विधान माइन्युट लगायत नयाँ पार्टीको घोषणा पत्र सबै व्यवस्थित रुपमा बुझाएका छौँ । सचिवज्युले सबै कागजात बुझ्नुभयो । हामीले सबै कागजातहरु पूरा गरेर दिएका छौँ । जेन जीले उठाएका मागलाई पूर्ण समर्थन हुन्छ । हाम्रो पार्टी भ्रष्टाचार र बेथितिका विरुद्धमा उभिँदै हामीले नेपाली समाजको आमूल परिवर्तनको दिशामा जान्छौँ ।’

कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र)  र नेकपा (एकीकृत समाजवादी) सहितको वाम एकता भएको थियो ।