काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरुले सरकार तयार भए राष्ट्रिय सभाबाट विधेयकहरु पारित गर्न सकिने बताउनुभएको छ । रोल…
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आईतवार बसेको बैठकमा उहाँहरुले यस्तो बताउनुभएको हो । बैठकमा राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले सरकार तयार भए सभाबाट समितिमा आएका विधेयकहरुलाई छलफल गरेर टुङ्याउन सकिने बताउनु भयो । सरकारले संसदमा विधेयकहरु ल्याईरहेको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रिय सभा सञ्चालनको लागी सरकारले वातावरण बनाउनपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय सभाबाट पारित भएर गएका विधेयकहरुको समयसीमा नहुने हुँदा प्रतिनिधि सभा शुरु बित्तिकै त्यहाँ छलफल गर्नेगरी तयारीमा राख्नसक्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विधेयकहरुको सन्र्दभमा सरकारले बसेर छलफल गरेर अब निर्वाचित भएर आउने राष्ट्रिय सभामा जान सरकार तयार हुन्छ भने हामी सभाबाट समितिमा आएका विधेयकहरुलाई छलफल गरेर टुङ्याउन सक्छौँ । सभा नै बस्यो भने त अरु थपघट गर्न पनि सक्यो । विधेयकहरु त फेरि सरकारले ल्याईराखेकै छ । विधेयकहरुलाई छलफल चलाउनको निम्ति उसले सहजीकरण गर्ने हो की होईन । राष्ट्रिय सभाबाट सबै काम सकेर किन भने राष्ट्रिय सभाबाट गएकाको म्याद त हुँदैन । प्रतिनिधिसभा शुरु बित्तिकै छलफल गर्नेगरि तयारीमा राख्न सक्छौ । त्यसमा चाहीँ सरकार तयार हुनुप¥यो ।’
नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले राष्ट्रिय सभा भाषण गर्नको लागि मात्रै सञ्चालन गर्न नहुने बताउनु भयो । उहाँले सभा सञ्चालनको लागी सरकारले विजनेस दिनुपर्ने बताउनु भयो । उहाँले सभा सञ्चालन गर्नुभन्दा पहिले पूरा तयारी गर्नुपर्ने बताउनु भयो । उहाँले सभा चलेको १५ दिनमा अन्त्य हुने अवस्था आए राम्रो नहुने बताउनु भयो ।
बैठकमा सहभागी सबै सदस्यहरुले सरकारसँग समन्वय गरेर राष्ट्रिय सभाको बैठक सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । सांसदहरुले सभा संचालन गरेपनि सरकारले बिजनेस नदिनेतर्फ आशंका समेत व्यक्त गरेका छन् ।









