१० श्रावण २०८३, आईतवार
,
Latest
हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा बेपत्ता भारतीय बाबु–छोरीको शव फेला



अ+ अ-

मनाङ । ३ कात्तिकदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला परेको छ।

५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव आइतबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरीको टोलीले फेला पारेको हो। उनीहरू बाबु–छोरी हुन्।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार उनीहरू मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलमा बसोबास गर्दै आएका थिए। ३ कात्तिकमा सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न गएका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए।

उनीहरू सम्पर्कविहीन भएपछि होटलले सशस्त्र प्रहरी बल अन्तर्गतको नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङलाई जानकारी दिएको थियो। प्रारम्भिक खोजीमा उनीहरू नपाइएकोले २३ कात्तिकमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) हिराबहादुर जिसीको नेतृत्वमा थप उद्धार टोली खटाइएको थियो।

माउन्टेन रेस्क्यु तालिम प्राप्त टोलीले मलेरिपा गुम्बाबाट करिब १०० मिटर माथि हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

थापाका अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव उद्धार र पहिचानका काम अघि बढाइएको छ।