११ असार २०८३, बिहीबार
,
Latest
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजीहरुका अगाडि गृहमन्त्री निरिह बने, हाम्रै अगाडि फोन गरेर गाली दिन्छन्ः महेश बस्नेत



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई लिएर तीव्र टिप्पणि गर्दै गृहमन्त्रीलाई ‘निरीह’ बनाउने गरी जेनजीहरूले फोन र संदेशमार्फत गाली गर्ने गरेको दाबी गरेका छन्।

आज एक कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले यस्तो आरोप लगाएका हुन्, “हाम्रै अगाडि फोन गर्नुहुन्छ। यस्तो गाली दिनुहुन्छ कि निरीह छन् बिचरा। फेरि उनको एसएमएस आउँछ — ‘के भद्र खनाल रे? अजय भद्र खनाल… उहाँलाई कन्ट्याक्ट गर्नुस्, खास योजना बनाउनुस्, बालेन र सुधन गुरुङ अति भएका छन्, उनीहरूलाई तह लगाउनुस्’ भन्ने प्रकारका म्यासेज आउँछन्।”

बस्नेतले पार्टीका नेताहरूलाई लक्षित गरी फोन र एसएमएस गरी योजना बनाइरहेका जेनजीहरूको शैलीविरुद्ध खतराको चेतावनीसमेत दिए। उनले भने, “जेनजीले दाइ हेर्नुस् भनेर मलाई देखाउँछन्। मेरो आवाज अलि पुगेन — केपी ओली र महेश बस्नेतलाई थुन्नपर्छ भनेर माग गर्नुस् भन्ने मागसमेत आएको रहेछ।”

जेनजीहरूले ओलीमाथि आपराधिक योजनाहरू बनाएको र शेरबहादुर देउवालाई गम्भीर घाइते बनाउने तथा केपी ओलीलाई सिध्याउने योजना पनि रहेको दाबी समेत गरे । सो योजनाले पाँच मिनेट ढिला भएको भए ओलीको ज्यान नजोगिने उनको दाबी छ ।

यस्तै, उनले ओलीको ट्याक्टिक र सुरक्षामा प्रश्न उठाउँदै, “यस्ता लठ्याङ्ग्रे गृहमन्त्री भएका देशमा सुशासनको आशा गर्ने ?” भन्दै आलोचना गरे। उनले थपे कि युवाहरूले विभिन्न ढंगले आपराधिक योजना बनाएका थिए र त्यसको विरोध स्वरुप असोज ११ गते गरिएको कार्यक्रम ‘चियापन’ नभई प्रतिरोध भएको थियो।

सम्बोधनका क्रममा बस्नेतले आफ्नो विरोधलाई ‘आत्मरक्षा’ र ‘प्रतिरोध’ को रूपमा वर्णन गर्दै उनले भने ‘हाम्रो मर्ने योजना बनाउने लुसिफरहरुलाई किमा बनाउँछु’ भनी कडा शैलीमा चेतावनीसमेत दिएको उल्लेख गरे। तर, त्यस्ता व्यक्तिहरू अन्ततः उपस्थित नभएको र योजना विफल भएको उनले बताए।