२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्वको हैकमवादी प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै जसपाका दुई नेताले पार्टी छाडे



अ+ अ-

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना नेताले पार्टी परित्याग गरेका छन्।

जसपा अध्यक्ष यादवले हालै पार्टी छाडेका नेताहरुलाई फर्किन आह्वान गरेको सन्दर्भमै लुम्बिनी प्रदेशका दुई नेताले पार्टी छाडेका हुन्।

तराई–थरुहट राष्ट्रिय समिति लुम्बिनी प्रदेशकी अध्यक्ष सुमित्रा चौधरी र लुम्बिनी प्रदेश कार्यकारिणी समिति सदस्य निरङ्कार यादवले पार्टी छाडेका हुन्।

नेतृत्वको हैकमवादी चरित्र, विधि र विधानको अवहेलना, तथा गुटगत राजनीतिले पार्टीलाई प्रभाव पारिरहेको आरोप लगाउँदै दुबै नेताले साधारण सदस्यता समेत परित्याग गर्दै राजीनामा दिएका छन्।

उनीहरुले संयुक्त रुपमा जारी विज्ञप्तिमा भनेका छन्, “पार्टीमा आन्तरिक लोकतन्त्रको अभाव, निष्पक्ष निर्णय प्रक्रियाको कमी र पदाधिकारको दुरुपयोगले हामी निराश भएका छौँ।”

पार्टी नेतृत्वले पछिल्ला दिनमा असन्तुष्ट नेताहरुलाई पार्टीमा फर्किन आग्रह गर्दै आन्तरिक एकताको पक्षमा अपिल गरे पनि नेताहरु क्रमशः बाहिरिने क्रम रोकिएको छैन।