३० श्रावण २०८३, शनिबार
,
Latest
विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्वको हैकमवादी प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै जसपाका दुई नेताले पार्टी छाडे



अ+ अ-

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना नेताले पार्टी परित्याग गरेका छन्।

जसपा अध्यक्ष यादवले हालै पार्टी छाडेका नेताहरुलाई फर्किन आह्वान गरेको सन्दर्भमै लुम्बिनी प्रदेशका दुई नेताले पार्टी छाडेका हुन्।

तराई–थरुहट राष्ट्रिय समिति लुम्बिनी प्रदेशकी अध्यक्ष सुमित्रा चौधरी र लुम्बिनी प्रदेश कार्यकारिणी समिति सदस्य निरङ्कार यादवले पार्टी छाडेका हुन्।

नेतृत्वको हैकमवादी चरित्र, विधि र विधानको अवहेलना, तथा गुटगत राजनीतिले पार्टीलाई प्रभाव पारिरहेको आरोप लगाउँदै दुबै नेताले साधारण सदस्यता समेत परित्याग गर्दै राजीनामा दिएका छन्।

उनीहरुले संयुक्त रुपमा जारी विज्ञप्तिमा भनेका छन्, “पार्टीमा आन्तरिक लोकतन्त्रको अभाव, निष्पक्ष निर्णय प्रक्रियाको कमी र पदाधिकारको दुरुपयोगले हामी निराश भएका छौँ।”

पार्टी नेतृत्वले पछिल्ला दिनमा असन्तुष्ट नेताहरुलाई पार्टीमा फर्किन आग्रह गर्दै आन्तरिक एकताको पक्षमा अपिल गरे पनि नेताहरु क्रमशः बाहिरिने क्रम रोकिएको छैन।