२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी कम्पनी एप्पललाई लाग्यो १ अर्ब २३ करोड डलरको जरिवाना



अ+ अ-

काठमाडौं । आइफोन निर्माता अमेरिकी कम्पनी एप्पललाई फ्रान्सले १ अर्ब १० करोड यूरो (१ अर्ब २० करोड डलर) जरिवाना तिराउने निर्णय गरेको छ । फ्रेन्च कम्पिटिसन अथोरिटीले, एप्पलले प्रतिस्पर्धा नियमको पालना नगरेको भन्दै जरीवाना तिराउने निर्णय गरेको हो । यसका साथै एप्पलका दुई होलसेललाई पनि मिलोमतोमा मूल्य तोकेको आरोपमा जरीवाना तोकिएको छ । फ्रेन्च कम्पिटिसन अथोरिटीका अध्यक्ष इसाबेले डे सिल्भाले एप्पलले आफ्ना दुई होलसेलरसँग मिलेर वितरकलाई एकअर्कामा प्रतिस्पर्धा गर्नबाट रोकेको बताए ।

एप्पलको होलसेलरमध्ये टेक डेटालाई ७ करोड ६१ लाख यूरो र इन्ग्राम माइक्रोलाई ६ करोड २९ लाख यूरो जरीवाना तोकिएको छ । र, समग्रमा अहिले लगाइएको १ अर्ब २४ करोड यूरो जरिवाना कुनै एउटा मुद्दामा लगाइएको सबैभन्दा ठूलो जरिवाना हो । कम्पिटिसन अथोरिटीका अध्यक्ष इसाबेले डे सिल्भाले एप्पलले आफ्ना दुई होलसेलरसँग मिलेर वितरकलाई एकअर्कामा प्रतिस्पर्धा गर्नबाट रोकेको बताए । एप्पलको होलसेलरमध्ये टेक डेटालाई ७ करोड ६१ लाख यूरो र इन्ग्राम माइक्रोलाई ६ करोड २९ लाख यूरो जरीवाना तोकिएको छ ।

समग्रमा अहिले लगाइएको १ अर्ब २४ करोड यूरो जरिवाना कुनै एउटा मुद्दामा लगाइएको सबैभन्दा ठूलो जरिवाना हो । तर यता एप्पलले भने फ्रान्सेली नियामकले लगाएको जरिवाना स्वीकार गर्ने मेसो देखाएको छैन् । एक दशकभन्दा अघिको विषयलाई लिएर जरिवाना लगाएको र त्यतिबेलाको अवस्था त्यसरी नै चलेको भन्दै एप्पलले जरिवानाको निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।