काठमाडौं । काठमाडौं महानगरपालिकाले आज धोवीखोलाको अतिक्रमण हटाउने भएको छ । यसअघि ७ दिने सूचना प्रकाशित गरी महानगरपालिकाले अतिक्रमित संचना हटाउन निर्देशन दिएको थियो ।
महानगरपालिकाले दिएको सूचनाअनुसार नहटाइएका संरचनाहरु आज हटाउने तयारी भएको हो ।
महानगरपालिकाले यही कात्तिक १४ गते सार्वजनिक सूचना निकालेर अतिक्रमित संरचना नहटाए आफैंले हटाइ दिने बताएको थियो ।
यो सूचनाले सुकुम्बासीहरुमा भने हलचल मच्चिएको थियो ।
विशेष गरी धोविखोला, वागमती नदी किनारका बनेका अवैधानिक संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले सात दिने सूचना जारी गरेका थिए ।
नदी किनारा आसपासमा अतिक्रमण गरेर बसेकाहरुलाई हटाउने हिसावले अवैध संरचना हटाउन सूचना जारी गरेपछि सुकुम्वासी समुदायले कडा आपत्ति जनाइसकेको छ ।










