१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले समानुपातिकमा ४० वर्ष मुनिका युवालाई २७ प्रतिशत र प्रवासी नेपालीलाई १० प्रतिशत स्थान दिने



अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने व्यवस्था गर्न र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष बनाउन सरकारलाई सुझाव दिएको छ ।

चितवनमा सम्पन्न रास्वपाको विस्तारित बैठकले उम्मेदवार छनोटदेखि प्रचारसम्मका सबै प्रक्रिया पारदर्शी बनाउने र युवाको सहभागिता बढाउने निर्णय गरेको छ ।

रास्वपाले समानुपातिक उम्मेदवारको सूचीमा २५–४० वर्षका युवालाई २७ प्रतिशत र प्रवासी नेपालीलाई १० प्रतिशत स्थान दिने निर्णय पनि गरेको छ ।

बैठकले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधका कारण मुद्दा लगाइएको भन्दै निष्पक्ष छानबिनको माग पनि गरेको छ ।

दुई दिनसम्म चलेको बैठकमा देशभरबाट करिब ४ सय प्रतिनिधि सहभागी थिए ।

बैठकमा कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सह–महामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहराले विभिन्न प्रतिवेदन पेस गरेका थिए । ती प्रतिवेदनमाथि समूहगत छलफल गरी सुझावहरू केन्द्रीय समितिमा पठाइने भएको छ ।

बैठकले निकालेका ११ बुँदे निष्कर्ष–